२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

फोनको घण्टी

लघुकथा

फोनको घण्टी निरन्तर बजिरह्यो। म अफिसमा अलि व्यस्त थिएँ। मैले फोनको रिसिभर उठाउदै भने –हलो !

– तपाईँको बुवालाई हर्टअट्याक भएर हामीले वीर अस्पताल ल्याएका छौँ। तपाईँ तुरुन्तै अस्पताल आउनु होला।

एक चिरपरिचित आत्तिएको आवाज मेरो कानमा ठोक्कियो । मैले उहाँको आवाज खासै ठम्याउन सकिन ।

तपाई को बोल्नुभएको– सोध्दै थिएँ। उताबाट फोन काटियो । मेरो अर्को सम्पर्क सूत्र कुनै थिएन ।

म अलिकति पनि ढिलो नगरीकन होन्डा बाइक लिएर वीर अस्पतालतिर हुइँकिए । मेरा लागि ट्राफिक नियमहरू लागु भएन । मलाई छिटो पुग्नु थियो।

म हस्याङफस्याङ गर्दै अस्पतालको इमर्जेन्सी वाडतिर लम्किएँ । ढोका खोलेर चारैतिरको बेडमा नजर दौडाएँ।

 – बा कहाँनिर हुनुहुन्छ। म धेरै नै आत्तिइसकेको थिएँ । कतै देख्दिनँ। मनमा शङ्का लागेर आयो, बा बितिसक्नु त भएन ? मन कहालियो। मैले नजिकै गएर नर्सलाई सोधे –यहाँ केही समयअघि हर्टअट्याक भएर ल्याएको बिरामी कहाँ हुनुहुन्छ सिस्टर?

नर्स केहीबेर अकमक्क परिन्। मैले केही बुझ्न सकिन । म झनै निराश हुँदै थिएँ  

त्यहाँ मजस्तै अर्को व्यक्ति पनि हस्याङफस्याङ गर्दै आइपुगे र नर्सलाई केही कुरा सोध्दै थिए।

नर्स मुस्कुराउँदै भन्दै थिइन् –तपाईँहरूलाई आज उल्लु बनाएछन्। यहाँ तपाईँहरूजस्तै धेरै मान्छे आइसक्नुभो। आज अप्रिल फुल हो।

प्रकाशित: २० चैत्र २०७७ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App