२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भारतीय कलाकार दीया मिर्जा आमा बन्दै

भारतीय कलाकार दीया मिर्जा चाँडै आमा बन्न लागेकी छिन्। उनले एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै आफू आमा बन्न लागेको कुरा जानकारी गराएकी हुन्। महत्त्वपूर्ण कुरा, दीयाले फेब्रुअरीमा मात्र वैभव रेखीसँग विवाह गरेकी हुन्।  

दीयाले सूर्यास्त हेर्दै आफ्ना तस्बिर शेयर गरेकी छिन् जसमा उनले लेखेकी छन्, 'धर्तीलाई जस्तै आमा हुने आर्शीवाद मिलेको छ। धन्य भए। एक जीवनको साथ सबै कथाहरू र सबै कुराको सुरूवात हो। बिस्तारै आशा संगै नयाँ बिरूवाहरू फूल्दै छन मेरो गर्भमा मैले मेरा सबै सपनाहरूलाई शुद्ध सपना पाएकोमा आशिष्‌ पाएकी छु।'

दीयाले २००० मा मिस इन्डियाको अवार्ड जितेकी थिइन। त्यसपछि उनले फिल्म 'रहना है तेरे दिल मे' बाट आफ्नो करियरको सुरुवात गरेकी थिईन्। उनी अभिनयका कारण धेरैको मुटुमा बस्न सफल बनिन्। 

प्रकाशित: २० चैत्र २०७७ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App