२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

जीवन हाँसोले भर्नुपर्छ

मुक्तक

          १

आफू रुझी  यिनीलाई बचाउन मन छ,

सुन्दर सृष्टि यिनीबाटै रचाउन मन छ।

आफ्नोभन्दा धेरै माया लाग्छ यिनको,

अनजानमा हुने गल्ती सचाउन मन छ।

           २

रोक्नु हुन्न पाइलाहरू चाल्दै अघि बढ्नुपर्छ,

अवरोधका पर्खालहरू ढाल्दै अघि बढ्नुपर्छ।।

भाइभाइको आन्दोलनमा जीत कसैको हुने छैन,

सबै मिली शान्तिको दिप बाल्दै अघि बढ्नुपर्छ।

              ३

उस्तै छ आज पनि मेरो शहर पुरानो,

उस्तै छ आज पनि मेरो रहर पुरानो।

बदलियो भन्छौ सधैं तिमीले मलाई,

उस्तै छ आज पनि मेरो प्रहर पुरानो।

               ४

उजाड मरुभूमिमा सुन्दर बोट लगाएर मार्यौ,

आफू राम्रो बन्न अरूलाई चोट लगाएर मार्यौ।

भन्दैन भन्थ्यौ तर भन्नै पर्ने भयो अब तिमीलाई,

नबोल्दा नि नचाहिने मलाई खोट लगाएर मार्यौ।

                ५

दुखै दुखले मात्रै होइन जीवन हाँसोले भर्नुपर्छ,

आफ्ना लागि मात्रै होइन अरूका लागि गर्नुपर्छ।

मरी लानु के छ र ? बुझे दुई दिनको यो जिन्दगीमा,

सांसारिक माया छोडी एकदिन परलोक सर्नुपर्छ।

प्रकाशित: १९ चैत्र २०७७ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App