१२ असार २०८१ बुधबार
image/svg+xml
कला

बलिउड अभिनेता आमिर खानलाई कोरोना पुष्टि

विगत केही दिन यता भारतको बिभिन्न भागहरुमा पुन: कोरोना संक्रिमतकाे संख्यामा बृद्धि भईरहेका छन्। अर्कोतर्फ बलिउड उद्योगमा कोरोना संकट तीब्र छ। यसैबीच बलिउड अभिनेता आमिर खानलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।

आमिर खानका प्रवक्ताले यस बारे जानकारी दिँदै आधिकारिक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी होम क्वारेन्टाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन्।

आमिर पछिल्लो समय आफ्नो आगामी चलचित्र लाल सिंह चड्ढा को लागि शूटिंग गरिरहेका थिए। तर अहिलेका लागि अभिनेताले आफ्नो टीमलाई केही दिन आराम गर्ने सल्लाह दिएका छन् र चलचित्रको छायाँकन रोकिएको छ। अभिनेता पूर्ण रूपमा स्वस्थ भए पछि मात्र चलचित्रको  छायाँकन सुरु हुने बताइएको छ।

प्रकाशित: ११ चैत्र २०७७ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App