coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जोशीलाई ‘कर्णाली साहित्य साधना’

कर्णाली साहित्य समाजले शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य साधना’ बाट सम्मान गर्ने भएको छ । बिहीबार समाजले पत्रकार सम्मेलन गरी चैत ११ गते शताब्दी पुरुष जोशीलाई वीरेन्द्रनगरमा सम्मान प्रदान गर्ने जानकारी गराएको थियो ।

उनको ‘हाम्रो लोक संस्कृति’ कृतिले सन् २०१३ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । उनी नेपालमा तीन पटक मदन पुरस्कार पाउने एक मात्र व्यक्ति हुन् । उनले कर्णालीलाई चिनाउन दिएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गर्न लागिएको कर्णाली साहित्य समाजका सचिव सरस्वती पन्तले जानकारी दिइन् ।

२०७६ सालमा प्रकाशित भएका कृतिमध्ये छनोट गरी ललित विष्टद्वारा लिखित कथा संग्रह ‘मोहपथ’लाई कर्णाली साहित्य समाज ५० हजार रुपैयाँसहित कृति पुरस्कार प्रदान गर्दै छ । त्यस्तै २५ हजार रुपैयाँसहित कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार लोककलाकार प्रेमदेव गिरीलाई प्रदान गरिने भएको छ ।  

समाजका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार गत वर्ष कर्णाली साहित्य समाजले महेश थापाद्वारा लिखित ‘मरीचिका’ कथा संग्रहलाई ५० हजार रुपैयाँसहित कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गरेको थियो । त्यस्तै कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार बुद्धिसागरलाई प्रदान गरिएको थियो ।

प्रकाशित: ७ चैत्र २०७७ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App