२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अमिताभ बच्चन '२०२१ एफआईएएफ' पुरस्कारद्वारा सम्मानित हुँदै

बलिउड अभिनेता अमिताभ बच्चनलाई १९ मार्चमा हुने एक भर्चुअल कार्यक्रममा इंटरनेशनल फेडरेशन अफ फिल्म आर्काइव्स (एफआईएएफ) द्वारा २०२१ एफआईएएफ पुरस्कारले सम्मानित गरिने भएको छ। उनी बलिउड चलचित्र क्षेत्रमा सबैभन्दा ठूला अभिनेता हुन्। ७८ वर्षकाे उमेरमा पनि सक्रिय अभिनेताका रूपमा चिनिन्छन्।

अमिताभले भने, 'म २०२१ को एफआईएएफ पुरस्कार प्राप्त गर्न पाउँदा ठूलो सम्मानित भएको महशुस गरिरहेको छु। एउटा यस्तो काम जसका लागि म गहिरो प्रतिबद्धमा छु। हामीले फिल्म निर्माण जत्तिकै संग्रह पनि आवश्यक छ भन्ने धारणालाई सुदृढ पार्नु आवश्यक छ। सबैभन्दा जरुरी कुरा फिल्म उद्योग र सरकारमा हाम्रा साझेदारहरूको बढी समर्थन हुनुपर्छ जसले हामीलाई हाम्रो प्रख्यात चलचित्र धरोहरको संरक्षण र प्रदर्शनको केन्द्र बनाउँछ।' 

७८ वर्षीय बलिउड आइकन एफआईएएफ सम्बद्ध फिल्म हेरिटेज फाउन्डेशनद्वारा नामांकन गरिएको थियो। फिल्म निर्माता र अभिलेखागार शिवेंद्र सिंह डूगरपुद्वारा स्थापित एक  गैर-लाभकारी संगठन हो। यो संस्था भारतको फिल्म विरासतको अध्ययनको लागि समर्पित छ।

प्रकाशित: २७ फाल्गुन २०७७ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App