१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जप्पड दाइहरु

कविता

जप्पड दाइहरु

राम्रो मुरलि बजाउँथ्यो  

गित पनि गाउँथ्यो  

बर्षैपिच्छे अरुका पुराना  

तर  

उस्को लागि नयाँ नयाँ बुढी ल्याउथ्यो

बर्षैटे बच्चा जन्माउथ्यो

विवाहमा कोट लगाएर  

जन्ति जान्थ्यो

कोहि मोर्दा मलामि जान्थ्यो, रुन्थ्यो  

पैसा माग्थ्यो रक्सि र चुरोट खान  

मसँग कहिले काहि  

भुसिया कुकुरले झैं सँगै गालि गर्थ्यो

मन नपरेका मान्छेहरुलाई  

केही फरक छ‌ैन  

जप्पड दाइ र राम काकामा

मात्र यति हो

सभ्य भाषामा  

तेहि काम गर्नेछन्

मेरा नेता राम काकाहरु 

देविस आफ्न‌ै कलमबाट 

प्रकाशित: २२ फाल्गुन २०७७ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App