२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

विस्थापित भकी छ्यौ रे सुन्दा साह्रै दुख लाग्यो

गजल

 

 

 

विस्थापित भकी छ्यौ रे सुन्दा साह्रै दुख लाग्यो,

तिम्रो पीडा मनको तारमा बुन्दा साह्रै दुख लाग्यो।

 

गणतन्त्र आयो भन्छन्, तिम्रो पीडा उस्तै नै छन्,

सुख पौ’न दुष्टलाई चुन्दा साह्रै दुख लाग्यो।

 

लिपु– सुस्ता ताछीताछी खान थाले ब्वाँसाहरू,

तर पनि तिन्कै नाउँ गुन्दा साह्रै दुख लाग्यो।

 

सबै स्वार्थी बनिसके, हाम्रो सुन्ने कोही छैनन्,

सुन्नेबोल्नेहरूलाई थुन्दा साह्रै दुख लाग्यो।

प्रकाशित: १२ फाल्गुन २०७७ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App