coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

करिश्मा मानन्धरलाई महानायिकाकाे उपाधि

काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिका  उपाधि दिएको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाललगायतले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए। उनलाई हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरेका थिए।  

नेपाली चलचित्र जगतमा तीन दशकदेखि आफ्नो छवि बनाएकी करिश्माले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा यात्रा गरेकी थिईन्।  

करिव एक दशकअघि यही समुहले अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको थियो।

समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई राष्टिय सम्मान प्रदान गरिएको थियो।

प्रकाशित: २७ माघ २०७७ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App