१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नेहा कक्कडले पठाइन् श्रीमानकी 'एक्स गर्लफ्रेन्ड'लाई सन्देश

बलिउड गायिका नेहा कक्कड र उनका पति रोहनप्रीत सिंहको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ जसमा नेहाले एक्सलाई विशेष सन्देश पठाएकी छिन्। गायिका कक्कड सामाजिक सञ्जालमा एकदम सक्रिय छिन्। नेहाले आफ्ना नयाँ भिडियोहरू इन्स्टाग्राममा सेयर गरिरहन्छिन्।  

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेहाले श्रीमान् रोहनप्रित सिंहलाई धम्की दिइरहेकी छिन् जसमा उनले भनेकी छिन्, 'एक्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही हुने छैन।' यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्कडले श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेकी छिन्। नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘एक्स कलिङ ? ठिक छ तिमी फोन गर त्यसपछि के हुन्छ भन्नेछु हाहाहा रोहनप्रित सिंह मलाई यो गीतसँग प्रेम छ।’

यद्यपी नेहा कक्कडले रमाईलो गरिरहेका गीत उनका श्रीमान रोहनप्रीत सिंहको ‘एक्स–कलिङ’ एल्बमबाट हो।

प्रकाशित: ६ माघ २०७७ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App