१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'कर्कश'मा 'तारेमाम' गीत

काठमाडौ– आफूलाई सांगीतिक फिल्मको रुपमा चिनाइरहेको 'कर्कश'को पहिलो गीत 'तारेमाम तारेमाम' मंगलबार सार्वजनिक गरियो। आसिफ शाहद्वारा निर्देशित फिल्म 'कर्कश'मा संघर्षरत् एक सांगीतिक समूहको कथा रहेको छ। नेवार समुदायमा अभिवादनको रुपमा प्रयोग गरिने शब्द 'तारेमाम' गीत रञ्जीत आचार्यले लेखेका हुन्। यसमा कर्मा ब्यान्डको संगीत रहेको छ। राजधानीको मण्डला थियटरमा गीतकार आचार्य, निर्देशक शाह र पत्रकार लक्ष्मण सुवेदीले गीत सार्वजनिक गरे।
गीतको भिडियोमा यसअघि रिलिज भइसकेको प्रोमोका केही दृश्य पनि समावेश छ। केही समयमै अर्को प्रोमो रिलिज गरिने भएकोले नयाँ 'फुटेज' नहालिएको निर्देशक शाहले बताए।
'फिल्मको कथासँग मिल्ने गीत लेखेको हुँ। युवापुस्ताको वास्तविकतालाई समावेश गर्ने प्रयास गरेको छु। १५ मिनेटमा तयार भएको गीत सन्देशमूलक छ,' गीतकार आचार्यले भने, 'कर्मा ब्यान्डको कम्पोज पनि मलाई मन पर्योि। 'कर्कश'ले फिल्म क्षेत्रमा सर्कस देखाउँछ भन्नेमा ढुक्क छु।'
'तारेमाम' गीतमा कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले स्वर दिएका छन्। 'नेपाली फिल्मको बजारलाई कर्कशले केही उकास्न सक्ने सम्भावना देखिएको छ। त्यसमाथि कलाकारहरुको छनोटले दर्शकहरु आशावादी भएका छन्,' रंग पत्रकार सुवेदीले भने।
फिल्ममा दुइटामात्र गीत छ। 'फिल्मको कथाअनुसार गीत बनेको छ। अमेरिकामा रहेका गायक सुरेन्द्रमानले उतैबाट कम्पोज गरेर पठाएका हुन्,' निर्देशक शाहले भने।
सत्यराज आचार्य, रेमनदास श्रेष्ठ, दयाहाङ राई, सुरजसिंह ठकुरी, लुनिभा तुलाधर, राजन इसान, हर्षिका श्रेष्ठ, राजेन्द्र खड्गी, मुकुन्दकिशोर भट्टराई, जोसेफ सेबास्टियन, शिशिर बांगदेल लगायतले अभिनय गरेको फिल्म जेठ ३१ मा रिलिज हुँदैछ।

प्रकाशित: १७ वैशाख २०७० २२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App