१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु’

२००७ सालदेखि २०७७ सालसम्म्का आर्थिक विकास र योजनाहरुको तथ्यांकगत रुपमा भएका उपलब्धीहरु, हुनुपर्ने र हुन नसकेका कामका बारे लेखिएको लेखहरुको संग्रह ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु’ नामक पुस्तक प्रकाशित भएको छ। पूर्वमन्त्री तथा कर्णाली अञ्चलका पहिलो विद्यावारिधि प्राप्त व्याक्ति डा. प्रेमबहादुर शाहीको उक्त पुस्तक प्रकाशित भएको हो।

शिखा बुक्सले प्रकाशन गरेको उक्त कृतिलाई विकासजन्य इतिहास कृति भएको बताइएको छ। पुस्तकमा २००७ सालदेखि राष्ट्रिय पूर्वाधार, यातायात क्षेत्र, उर्जा, सञ्चार, बैंकिङ, शिक्षा, जनस्वास्थ्य, जनसंख्या, उत्पादन, कृषि, उद्योग, पर्यटन, भाषा, साहित्य, संस्कृति लगायतका विधि विषयमा तथ्यांकसहितको गहिरो विश्लेषण गरिएको प्रकाशकले जानकारी दिएको छ।

प्रकाशित: १७ पुस २०७७ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App