१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

विवाह गरेलगत्तै नायिका श्वेता खड्काले लेखिन् : अब एकल महिलाका लागि केही गर्छु

दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काले एकल महिलाका लागि केही गर्ने अठोट व्यक्त गरेकी छन्।  

सोमबार धनगढीका विजयेन्द्रसिंह राउतसँग दोस्रो विवाह गरेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एकल महिला सशक्तीकरणका लागि केही गर्ने सोचमा आफू रहेको बताएकी हुन्।  

‘म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु,’ नायिका खड्काले फेसबुकमा लेखेकी छन्, ‘आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ। त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।’

जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको उल्लेख गर्दै उनले नयाँ यात्रामा इष्टमित्र, आफन्तजन, गन्यमान्य व्यक्ति, शुमचिन्तकलगायत सञ्चारकर्मीबाट शुभेच्छा र साथ पाउने आशा पनि व्यक्त गरेकी छन्।  

यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग उनको विवाह भएको थियो। तर एक महिनापछि नै नायक श्रेष्ठको निधन भएको थियो।  त्यसको ६ वर्षपछि नायिका खड्काले अर्काे जीवनसाथी रोजेकी हुन्। 

प्रकाशित: २३ मंसिर २०७७ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App