१५ चैत्र २०८० बिहीबार
कला

कृष्णभक्त सुदामा

बालकथा

 

स्नेह पोखरेल

 

कृष्णजीका थुप्रै खाले साथीहरू थिए  । केही वृन्दावनमा गाई चराउँदाका साथीहरू ।  कोही गुरुकुलमा पढ्दाका साथीहरू । सबै साथीहरूलाई कृष्णले माया गर्दथे । सुदामा ब्रामण्ड गुरुकुलमा उनीसँगै पढ्दाका उनका मिल्ने साथी थिए ।

सुदामा गरीब थिए ।उनकी सुशीला नामकी ब्राह्मणी थिइन् । उनीहरूलाई गृहस्थी चलाउन सधैँ दुःख थियो । छोराछोरीहरूलाई पनि भोकभोकै राख्नु पर्दथ्यो । घर एकदमै पुरानो भएकाले पानी पर्दा पानी चुहिएर बिजोग हुन्थ्यो । भाँडाकुँडाहरू पनि फुटेका चर्केका सबै चुहिनेथे । धुजाधुजा च्यातिएका लुगा कपडाहरूलाई चारैतिरबाट टालटुल गरेर लगाउँथे । त्यस्ता लुगाले उनीहरूको पूरै शरीर ढाक्दैन थियो । उनीहरूको स्थिति एकदमै दयनीय थियो । उनीहरू आफ्नो दुःख अरूलाई देखाउन मन गर्दैनथे ।

एकदिन उनीहरूका छोराछोरीहरू भोक खप्न नसकेर खूब झगडा गर्न थाले । घरमा खानेकुरा केही नभएर सुशीला चिन्तित भइन् । जस्तो हुँदा पनि सुदामा र सुशीला दुवैजना कृष्णभक्त थिए । उनीहरू सधैँ कृष्णजीको नाम जप्थे । उनीहरू कृष्णको नामजस्तै कृष्ण भावमा पनि चुर्लुम्म भएका थिए ।

सुदामाले कृष्णलाई पनि आफ्नो दुःख कहिले देखाएनन् । त्यसैले सुशीलाले एकछिन सोचेर जुक्ति निकालिन् । अनि गाउँमा गएर तीनघरबाट तीन रंगका चिउराको तिनमुठी कनिका मागेर ल्याइन् । त्यसरी मागेर ल्याएका तिन रंगका कनिका लिएर सुदामालाई कृष्णकोमा पठाउने भइन् । कृष्णले यस्तो देखेर भक्तको समस्या बुझ्नुहुन्थ्यो । त्यसैले कनिकालाई आफ्नो सारीको फेरमा च्यापेर पोको पारिन् ।  अनि सुदामालाई कृष्णकामा पु¥याउनु भनेर आइन् ।

सुदामा आफ्ना प्यारा साथी कृष्णलाई भेट गर्न कोसेली लिएर हत्तारिदैँ गए । कृष्णको दरबारमा पुगेर आफ्नो यस्तो गति खाली खुट्टामा च्यातिएर धुजाधुजा भएको धोतीमा कृष्णका नजिक नगई उभिए । सुदामालाई देख्नेबित्तिकै कृष्णजी केही नसोची आफ्नो आसनबाट जुरुक्क उठे । अनि सुदामानेर गएर अंकमाल गरे । सुदामालाई लगेर आफ्नो आसनछेउ बसाए । अनि मात्र आफू बस्नुभयो ।

त्यसपछि आफ्ना रानीहरूलाई बोलाएर इज्जतका साथ सुदामाको परिचय गराइदिनुभयो । कृष्णका साथी सुदामाको सत्कार रानीहरूले खूब गरे ।

सुदामाको हातमा भएको पोको कृष्णले लिनुभयो । यत्रो स्नेहका साथ तिमीले ल्याइदिएको कोसेली भन्दै त्यो पोको खोलेर खान थाल्नुभयो । कृष्णजीले सुदामाको दुःख बुझिहाल्नुभयो । चिउराको त्यस्तो कनिका खूब मिठो मानीमानी खाएर कति मिठो खाने कुरा ल्याइदिऔँ साथी तिमीले ल्याइदिएको कोसेली मलाई साह्रै मन पर्छ । तिमीले मलाई कस्तो माया गर्छौ । भाव विभोर हुँदै सुदामालाई अंकमाल गर्नुृभयो ।

त्यसबेला सुदामाका घरमा अन्नपातले भरिभराउ भयो । परिवारमा परेको भोकमरीको र सधैँको अभावको अन्त्य भयो ।

मनको कुरो बुझेर सहयोग गर्नु हुने साथी कृष्णलाई सुदामाले छर्लङ्ङ भगवानका रूप देख्यो ।

प्रकाशित: १४ मंसिर २०७७ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App