एक ‘आपत्तिजनक’ ट्टिट गरेको अभियोगमा बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध उजुरी दर्ता हुने भएको छ।
भारतको कर्नाटक राज्यको तुमाकुरूस्थित न्यायिक मजिस्ट्रेट अदालतले उनीविरुद्ध एफआरआई दर्ता गर्न प्रहरीलाई आदेश दिएको हो।
न्युज एजेन्सी पिटिआईका अनुसार उनले केही दिनअघि कृषि विधेयकको विरोधमा प्रदर्शन गरेका किसानविरुद्ध एउटा ‘आपत्तिजनक’ ट्टिवट गरेकी थिइन्।
त्यसमा अधिवक्ता एल। रमेश नाइकले दिएको आवेदनअनुसार अदालतले अभिनेत्री कंगनाविरुद्ध उजुरी दर्ता गर्न प्रहरीलाई आदेश दिएको हो।
गत सेप्टेम्बर २१ मा कंगनाले कृषि विधेयकविरुद्ध उत्रिएका किसानको कटाक्ष गर्दै ट्विट गरेकी थिइन्। जसमा धेरै टिप्पणी आउन थालेपछि उनले डिलिट गरेकी थिइन्। त्यसमा उनले किसानलाई आतंककारीको संज्ञा दिएकी थिइन्।
प्रकाशित: २४ आश्विन २०७७ ०७:४८ शनिबार