१७ असार २०८१ सोमबार
image/svg+xml
कला

मिचेको छ सीमा चलेको छ गोली

गजल

मधु पोखरेल

 

मिचेको छ सीमा चलेको छ गोली

उही भन्छ खेलौं न सद्भाव होली ।

 

यता भाइ मार्दैछ हाम्रै धरामा  

पस्यो भित्र सेना उसैको छ टोली ।

 

उचालेर ज्वाइँ र साला लगाई

प्रजातन्त्रमा थुन्न खोज्दैछ बोली ।

 

सुसम्बन्ध हाम्रो छ रोटी र बेटी

भनी धस्छ दाह्रा निकै आजभोलि ।

 

भए लठ्ठ हाम्रा परे लम्पसार  

सधैं याचकीझैं उतै थाप्न झोली ।

प्रकाशित: २१ आश्विन २०७७ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App