१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दिलीप कुमार र राज कपुरको घरलाई संग्राहलय बनाइने

पाकिस्तानको पेशावरमा रहेको दिलीप कुमार र राज कपुरको पैतृक घरलाई संरक्षण गरिने भएको छ। बलिउडका प्रशिद्ध कलाकार द्वय जन्मिएका हवेलीलाई संग्राहलय बनाउन लागिएको हो।

पाकिस्तानको पुरातत्व विभागले उनीहरुको घर सरकारले लिएको बताएको छ। दवै कलाकारका घर अहिले बन्द अवस्थामा छन्। ति घरमा दिलीप कुमार र राज कपुरको अलावा शाहरुख खानसँग सम्वन्धित बस्तुसमेत राखिने जनाइएको छ।

विभागले यसो गर्दा सांस्कृतिक पर्यटनलाई टेवा पुग्ने बताएको छ। उनीहरुको सम्पत्ति निजी स्वामित्वमा भए अधिग्रहण गरिने जनाइएको छ।

दिलीप कुमार सन्त १९३० मा आफ्नो परिवारका साथ मुम्बई आएका थिए। सन् १९८८ को पाकिस्तान भ्रमणका क्रममा उनी पेशावरसमेत पुगेका थिए। आफ्नो पुरानो घर पुगेर उनले ढोकामा चुम्वन गरेक थिए।

 

 

प्रकाशित: १३ आश्विन २०७७ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App