२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पायल घोषले लगाइन अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप

अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। पायलले अनुरागको ट्वीटरमा ट्याग गर्दै लेखेकी छन् ‘अनुराग कश्यपले म सँग जबर्जस्ती गरे। नरेन्द्र मोदी जी तपाईसँग मेरो अनुरोध छ उनलाई कारबाही होस् र देशमा थाहा होस् सच्चाई के हो। मलाई थाहा छ यो भन्नु मेरालागि फाइदाजन छैन र म सुरक्षा खतरामा छु। कृपया मदत गर्नुहोस्।’

पायलको यस ट्विटको अभिनेत्री कंगना रनौतले रिट्वीट गर्दै #MeToo ह्यासट्याग राख्दै लेखेकी छन्, ‘हरेक आवाजले अर्थ राख्छ। अनुराग कश्यपको गिरफ्तार गर।’

पायल घोषको ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पुनै विषयको जानकारी मागेकी छन्। रेखा शर्माले लेखेकी छन्, ‘तपाईले मलाई ncw@nic.in र @NCWIndia मा सबै विषय पठाउन सक्नु हुनेछ। हामी सबै विषय हेर्ने छौं।’ पायलले रेखालाई धन्यवाद भन्दै यसै गर्ने बताएकी छन्।

यो विषयमा अनुरागले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले मध्यरातमा ट्वीट गर्दै भनेका छन्, ‘क्या बात! मलाई चुप गराउने प्रयासका लागि यति धेरै समय लाग्यो। ठिक छ कै छैन। मलाई चुप गराउँदै गराउँदै यति धेरै झुट बोलियो की अर्की महिलालाई पनि सँगै धकेलियो। थोरै मर्यादा त राख्नुस् म्याडम। बस् यत्ति भन्छु सबै आरोप कपोकल्पित हुन्।’

अनुरागले अर्को ट्वीटमा दुईवटा बिहे गरेको बताउँदै त्यो अपराध हो भने स्वीकार भएको बताएका छन्। तर धेरै नै प्रेम गरेको छु पनि भनेका छन्।

‘चाहे पहिलो श्रीमति हुन् या दोस्रो वा कुनै प्रेमिका अथवा कुनै म सँग काम गरेका अभिनेत्री हुन्। म सँग एक्लै भेटिएका महिला हुन् वा जनताका बीचमा भेटिएका हुन्। यस प्रकारको व्यवहार न गर्छु न त्यसलाई सहन सक्छु,‘ अनुरागले जवाफ दिएका छन्।

 

 

 

प्रकाशित: ४ आश्विन २०७७ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App