२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि चुलियो विवाद

बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ भएको आरोप लगाएकी छन्। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएको भारतीय सन्चार माध्यमले जनाएका छन्। उर्मिलामाथि यस्तो आरोप लगाएपछि कंगनाको आलोचना समेत भइरहेको छ।  

अहिले उर्मिला मातोंडकरले पनि उनको आरोपको जवाफ दिएकी छन्।  मातोंडकरले भनेकी छन्, ‘महिला आयोग जसले कंगना र संजय राउतको मुद्धामा आवाज उठाएको थियो। यसले कहिले एक्सन लिन्छ। अब म प्रतिक्षामा छु।’ उर्मिलाले पनि एक अन्तरवार्तामै जवाफ पर्काएकी हुन्।  

कगंना रनौतलाई शिवसेनाका नेता संजय राउतले ‘हरामखोर भनेका थिए। त्यसपछि उक्त विवादले चरम रुप लिएको थियो। मानिसहरुले पनि कंगनाको समर्थन गरेका थिए।

प्रकाशित: २ आश्विन २०७७ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App