कोरोना महामारीका कारण यतिबेला कसैको मनमा शान्ति र खुसी छैन। समयले त्रास, आतंक र पीडा एकैसाथ थपिदिएको छ। श्रमिक वर्गका लागि पेटभरि खाना वा विहान बेलुका चुलो बल्न पनि गाह्रो छ। मानिसहरु निस्फिक्री घुम्नन भनौ आफ्नै टोलमा हिड्न पनि सजगता अपनाउँदैछन्। आकासमा चराहरुमात्र स्वतन्त्र जस्ता लाग्छन, घरको आँगनमा बसेर चराहरुको बेग नियाल्नु र स्वैर कल्पनामा रमाउनु नियति बनेको छ।
यस्तै श्रमिकको पीडालाई समेटिएर बनेको लघुचलचित्र ‘मेरो कथा’ सार्वजनिक भएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले सबैभन्दा बढी मारमा श्रमिक परेका छन्। यसै विषयलाई लिएर सन्देशमूलक लघुचलचित्र ‘मेरो कथा’ बनाइएको हो।
सत्यराज चौलागाईंले निर्दशन गरेको चलचित्रमा कलाकार प्रकाश बराईलीको मुख्य भूमिका छ। चलचित्रमा यज्ञ प्रसाद चौलागाईं, शवि बज्रचार्य, शर्मिला चौलागाईंको पनि अभिनय छ।लघुचलचित्रमा श्रमिकहरुले काम गर्न नपाउँदा उनीहरुको जीवनले भोग्नु परेको पिडालाई उतार्न खोजिएको बराईलीले बताए।
‘लकडाउन पछि अधिकाशं श्रमिक वर्गले पेटभरि खाना पाएका छैनन्। श्रमिलाई राज्यले कुनै पनि गाँसवासको लागि व्यवस्था गरेन्। यहि श्रमिको कथालाई बुनेर ‘मेरो कथा’ बनेको हो’, उनले भने।
मुलुकमा विपत्ति आएछि श्रमिक वर्ग मारमा पर्छन् र ती श्रमिक वर्गलाई राज्यले केहि सोच्दैन सांकेतिक ‘मेरो कथा’ निर्माण गरिएको निर्देशक चौलागाईंले बताए।
‘मजदुरका नाममा राजनीति मात्र होइन, उनीहरूको वास्तविक समस्या पनि समाधान गरौं। पेट भरि खाना नपाएका श्रमको खानाको रहातको व्यवस्था गरौं यसको सांकेतिक प्रस्तुति यो लघुचलचित्र हो ’, निर्देशक चौलागाईंले भने।
हजारौं मजदुरको पीडालाई यस चलचित्रले चित्रण गर्ने उनले बताए। निर्देशक चलागाईंको कन्सेप्ट तथा छायंकन भएको चलचित्रलाई प्रकाश बराईलीले सम्पादन गरेका हुन्। यो लघुचलचित्र एस आर सी फिल्मस्को आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ।
प्रकाशित: १९ भाद्र २०७७ १३:४७ शुक्रबार