लीलाराज दाहाल
ओठमा हाँसो छरेको तिम्लाई पाउन होइन
प्रेमको साँघु तरेको तिम्लाई पाउन होइन
पीडाको ठूलो भीरमा पुगेकी थियौ त
हातै समाई हरेको तिम्लाई पाउन होइन
जिन्दगीको डुङ्गालाई छाडिदिएँ त्यसै
सागरबीच परेको तिम्लाई पाउन होइन
तिम्रो मनको संसार त्यो नियाल्नु थियो
मरिहत्ते गरेको तिम्लाई पाउन होइन
म त रम्न चाहन्थें त्यहाँ पनि एकदिन
जूनमा पुगी झरेको तिम्लाई पाउन होइन ।
प्रकाशित: १९ भाद्र २०७७ ०९:०८ शुक्रबार