कहिले माया देखायौं
कहिले माया लुकायौं
खोला सरी बगेको माया छ्याप्पै सुकायौं...
यो गीत टिक टकमा प्रिय छ। धेरैले यसमा टिक टक भिडियो बनाएका छन्। एक साता अघि मात्र युट्युबमा सार्वजनिक गरिएको यो गीत सम्राट चौलागाईँले लेखेका हुन्। उनकै आवाज रहेको गीतमा गायिका एलिना चौहानले साथ दिएकी छिन्।
उनले करिब चार दर्जन गीत लेखेका छन्, गाएका छन्। उनका अधिकाशं गीत चलेनन्। बजारको भाषामा उनका गीत 'फ्लप' भए। तर जीवनमा सँधै असफलता मात्रै हुँदैन। सफलताका बुँदहरु छेउछाउमै हुन्छन्। नोबेल पुरस्कार बिजेता रुसी लेखक मिखाइल शोलोखोबको प्रसिद्द उपन्यास ‘मान्छेको भाग्य' जस्तै। सम्राटको यो ४० औं गीत 'कहिले माया देखायौं...'ले भाग्य चम्कायो। अर्थात उनको गीत स्रोताका लागि प्रिय बनिदियो। कोभिड–१९ को डरले मन अशान्त थियो। हरक्षण मनमा कुरा खेलिरहन्थ्यो। बन्दाबन्दीले वातावरण उकुसमुकुस बनायो। त्यही उकुसमुकुस भावनालाई सम्राटले सिर्जनात्मक स्वरुप दिए। आफ्नो ७ वर्षे संगीत यात्रामा आज खुशी मिलेको उनी बताउँछन्।
‘लकडाउन भएपछि घरमै बस्नु पर्ने बाध्यता भयो। तीन महिना लामो घर बसाईले झन् सिर्जनात्मक काम गर्न पाइयो’, यो गीत पनि मैले लकडाउनको बीचमा लेखेको हुँ। यतिको चर्चित होला भनेर अपेक्षा थिएन’, उनले भने।
‘जीवनमा एउटा खुशी मिलेको छ। जीवनमा एउटा अध्याय सुरु भएको छ’, उनी थप्छन्, ‘संगीतको भोक र प्यासले व्याकुल भएर गीत गाएको हुँ।’
आज उनको दैनिकी फेरिएको छ। उनी गीत संगीतमै सर्मपित हुन खोज्दै छन्। अहिले उनी ६/७ वटा गीतको तयारीमा छन्। सम्राट आफैं गीत लेख्छन्। आवाज आफैं भर्छन् । भिडियो सम्पादनको काम पनि आफैं गर्छन्।
सम्राटले दुःखको ठूलो पहाड छिचोलेका छन्। अनेक घुम्ती र मोड पार गर्दै यहाँसम्म आएका हुन्। अहिले राम्रा गीत गाउने गायक बनेका छन्, उनी। उनीहसँग दु:खका चाङहरु छन्। ति दु:खलाई उनले गीत संगीतको मलम लगाउने प्रयास गरे र गरिरहेका छन्।
सम्राटले दुःखको ठूलो पहाड छिचोलेका छन्। अनेक घुम्ती र मोड पार गर्दै यहाँसम्म आएका हुन्। अहिले राम्रा गीत गाउने गायक बनेका छन्, उनी। उनीहसँग दु:खका चाङहरु छन्। ति दु:खलाई उनले गीत संगीतको मलम लगाउने प्रयास गरे र गरिरहेका छन्।
सिन्धुपाल्चाेकमा जन्मिएका उनले बाल्यकाल उतै बिताए। उनी हजुरआमासँग बसेर पढे। बुबाआमा काठमाडौं आएपछि उनले हजुरआमाको शरण लिनु पर्योए। हजुरआमाको मृत्युपछि उनी काठमाडौं आए। कक्षा ८ देखि काठमाडौंको विजय स्मारक स्कुलमा पढे।
तिनताका आमा, दाई तथा दिदी काठमाडौंमै बस्थे। उनलाई सजिलो भयो।
‘गाउँमा हुँदा कलम र कापी किन्न पैसा पनि हुँदैनथ्यो। काठमाडौंबाट आएकासँग पैसा माग्थेँ’, उनी भन्छन्,‘काठमाडौंमा आएपछि पढ्न पाएँ।’
विसं २०६८ मा एसएलसी पास गरे उनले। कक्षा १० सम्म जसोतसो आमा र दाइदिदीको सहयोगमा पढ्न पाए। घरको आर्थिक अवस्था कमजोर भएकाले खर्च जोहो गर्दै पढ्नु पर्ने बाध्यता भयो।
काठमाडौं दरबारमार्गको भित्री सडकमा उनका दाईले ‘भोलाको खाजा घर’ चलाउँथे। उनी पनि चिया पसलमा काम गर्न थाले। विहान कलेज, दिउँसो चिया बाँड्न पसल पसल डुल्थे। तर कलाकार बन्ने सपनादेखि रहन्थे।
सम्राटले दुःखको ठूलो पहाड छिचोलेका छन्। अनेक घुम्ती र मोड पार गर्दै यहाँसम्म आएका हुन्। अहिले राम्रा गीत गाउने गायक बनेका छन्, उनी। उनीहसँग दु:खका चाङहरु छन्। ति दु:खलाई उनले गीत संगीतको मलम लगाउने प्रयास गरे र गरिरहेका छन्।
दरबारमार्गको प्रत्येक पसलमा उनी ‘चियावाला भाइ’ भनेर चर्चित बने। ‘दरबारमार्गमा मलाई ‘चियावाला भाइ’ भनेर सबैले चिन्छन्', उनी भन्छन्, 'प्रत्येक पसलमा मेरो फोटो लगेर गयो भने पनि चिन्छन्। हाम्रो पसलको चाउचाउ अण्डा भनेपछि सबैले मन पराउँथे।’
उनलाई चियाका ग्राहकले गीत गाउन लगाउँथे। मीठो गीत गाइदिन्थे। सबैले मन पराउँथे। धेरैले हौस्याउँथे, ‘तिमी कलाकार वन, हामी सहयोग गर्छौं।’
‘धेरैले माया गर्थे। कतिले चिया ढिलो पुर्याउउँदा गाली पनि दिन्थे’, उनी विगत सम्झँदै थप्छन्, ‘मन खिन्न हुन्थ्यो। तर त्यो मेरो व्यवसाय हो। गाली पनि खप्नु पर्थ्यो।’
चिया बोकेर हिँड्दा बाटोमा गीत गुनगुनाउँथे। एक दिन पसलमा चिया पिउन आउनेले ‘तिम्रो स्वर राम्रो छ गीत गाउ’ भने। तर उनीसँग पैसा थिएन। कापिका पानामा धर्सा बनेर थन्केका थिए उनका गीत संगीतको अभावमा अझ भनौत पैसाको अभावमा।
चिया पुर्यातउने क्रममा एक दिन उनी दरबारमार्गको एउटा मसाज सेन्टरमा पुगे। उनलाई त्यहाँ गीत गाउन लगाइयो। उनले हिन्दी गीत गाए। गीत पुरा नहुँदै सबैले ताली बजाए।
‘यो ०६९ सालाको कुरा हो। उडल्याण्ड होटलको टपमा मसाज सेन्टर छ। विदेशी पाहुना थिए। मैले हिन्दी गीत गाएको थिएँ। २० हजार रुपैयाँ टिप्स पाएँ’, उनले भने।
त्यसपछि थप ऊर्जा मिल्यो उनलाई। गीत गाउने आँट आयो। त्यसपछि पैसा जोहो गर्न थाले । ‘मर्नु छ एक दिन’ भन्ने बोलको गीत रिलिज गरे। गीत ठिकै चल्यो। सोचे जस्तो सफल भएन।
हिम्मत हारेनन्, उनले। उनले कमेडी फ्लेबरको अर्को गीत गाए ‘म त सोझो गाउँले केटो’ निकाले। पसलमा खाजा खान आउने मान्छेसँग पैसा मागे। जम्मा १३ हजारमा गीत रेकर्ड गराए। गीत फाइनल भयो। गीत खासै चलेन। तर उनी पछि फर्किएनन्, अघि नै बढे गाइनै रहे। उनलाई गायक हुनु थियो, र हिम्मत थियो एक दिन कसो नभइएला।
गीत नचलेपपछि चिया बेच्नै पर्ने रहेछ भन्ने लाग्यो उनलाई। तर मानवीय स्वभावन हो कहिलेकाहीँ यसरी हुँदैन क्यारे भने झै लग्थ्यो उनलाई। तर सबैले सफलता मिल्छ भन्दा आत्मविश्वास बढ्थ्यो।
केहि महिना अघि ‘मेरी आमा’ बोलको गीत निकाले जसमा मिथिला शर्मा आमाको भूमिकामा छिन्। गीतलाई धेरैले मन पराए। बल्ल सम्राटले ढुक्कको सास फेरे।
संगीतमा टक बस्यो उनको। उनी आफूलाई संगीतको विद्यार्थी भन्न रुचाउँछन्। यद्यपी उनी अचेल पसलमा भेटिँदैनन्। गीत लेख्न र रेकर्ड गर्न तल्लीन हुन्छन्। हिजोअस्ती चिया खाजा खान आउने ग्राहक उनलाई युट्युवमा हेर्छन्, टिकटक बनाउँछन्। म्यासेन्सजरमा बधाई दिन्छन्।
दरबारमार्गको प्रत्येक पसलमा चप्पल पड्कने वित्तिकै सबैले चाल पाउँथे ‘सम्राट आयो।’ सम्राटको चिया र चाउचाउ दरबार मार्गका व्यापारीको जिब्रोमा झुण्डिएको छ। चिया नखाँदा धेरैलाई तलतल लाग्थ्यो। जब सम्राटको मोबइलमा घण्टी बज्थ्यो। अनि उनलाई चिया पुर्या उन भ्याई नभ्याइ हुन्थ्यो। अहिले उनी आफ्ना ग्राहकालाई ‘मिस’ गरिराख्छन्। पहिले उनका चियाका ग्राहक अहिले उनको स्वरका स्रोता छन्। समयले यसरी आफैलाई विभाजन गरिदिएको देख्दा उनलाई कहिलेकाँही सपना जस्तै लाग्छ।
उनी सानैदेखि प्रतिभाशाली थिए। अरुको क्यारिकेचर गर्थे। मनमा कलाकार बन्ने सपना थियो, तर बाटो पहिल्याउन सकेका थिएनन्। फेरी काठमाडौंमा टिक्नकै लागि ठूलो संघर्ष गर्नु पर्छ।
गीत मात्र होइन, उनी गजल पनि लेख्छन्। उनको पछिल्लो गीतले राम्रो चर्चा पाएको छ।
‘भगवानको खेल’, उनी मुस्कान बाँड्छन्, ‘मलाई भगवानले साथ दिए। दर्शक तथा श्रोता मेरा भगवान हुन्।’
उनको यात्रा सफल बन्दै जाओस्। नेपाली संगीत आकाशमा नयाँ स्वाद दिइरहन सकुन्। सम्राटलाई हृदयभरिको शुभकामना!
प्रकाशित: २३ श्रावण २०७७ १२:०८ शुक्रबार