७ वैशाख २०८१ शुक्रबार
कला

क्या बोर भो मामु !

बालकथा

लक्ष्मी उप्रेती

बिहानै दुई कक्षामा पढ्दै गरेकी अमिताले आमालाई सोधिन्, ‘मामु, मेरो जाँच कहिलेदेखि हो।’

आमाले भन्नु भयो,‘नानुको जाँच पाँच दिनपछि सुरू हुन्छ।’ 

– अनि कहिले सकिन्छ ?

– चैत ४ गते सकिन्छ ।

अब भरे सानिमा आउँछे।तिम्रो जाँच सकिएपछि जान्छिन् ।

–  ए सानिमा आउँँदा क्या मजा हुन्छ मामु।

दिउँसो म अफिस जान्छु । सानिमालाई दुःख नदिनु है। अहिले तिम्रो जाँचका लागि पढने छुट्टी भएकाले आउने। तिम्रो जाँच सकिएपछि फेरि उनको पनि जाँच छ। त्यसैले तिमीलाई पढाउदै उनले पढ्नुपर्छ नि।

–  हुन्छ तर मामु मेरो जाँच सकिएपछि के गर्ने।

तिम्रो जाच सकिएपछि सानिमाको स्नातक तहको जाँच पनि वैशाख ३ गते सकिन्छ। अनि तिम्रो जन्मदिन वैशाख ४ गते शुक्रबार। त्यसैले यसपल्ट २०७७ सालको नयाँ वर्षमा मामाघर नजाने। बरू चैत ४ गते नै मामाघर जाने र नयाँवर्ष र तिम्रो जन्मदिन धूमधामले मनाउने। 

–अनि शनिबार भक्तपुर  र नगरकोट घुम्ने र त्यो रात नगरकोटमा नै बस्ने नि हुन्न्। हो यसपटक मेरो जन्मदिन त रमाइलो हुने रैछ होकि मामु।

– हो नि। ल अब पढ एकछिनमा सानिमा आउँछिन् ।

म भान्छामा जान्छु फेरि अफिस जान ढिलो हुन्छ।

अमिता खुर्र कुद्दै कोठामा गएर पढ्न थाल्छिन्। आमा हतारहतार खाना तयार गर्न लाग्छिन्। एकछिनमा अमिताकी सानिमा आउँछिन्। पढ्दापढ्दै सानिमा आउनुभयो। अमिता उफ्रिएर कराउँदै सानिमानिर पुग्छन् । खाना तयार हुन्छ। खाने बेलामा बाबा पनि तयार भएर आउनुभयो अनि सबैले खाना खान्छन् । बाबालाई लिन अफिसको गाडी आयो र जानुभयो। आमा ठीक परेर सानिमालाई केके अराएर स्कुटी निकालेर अफिस जानुभयो । काम गर्ने दिदी काम सकेर गइन्। त्यतिनन्जेल सानिमा र अमिता रमाउँदै कुरा गरे। अब पढौं सानिमाले भनेपछि पढ्न थाले ।

दिउसो भोक लाग्दा खानेकुरा आमाले टन्न ल्याइदिनु भएकै थियो। एकछिन टेलिभिजन हेरे नत्र दिनभरि पढने र खाने काम मात्र भयो। अफिसबाट आमा आउनुभयो। त्यसपछि सानिमाले चिया बनाउनुभयो। अनि तीनै जना सँगै बसेर बिस्कुट र चिया खाए। एकछिनमा आमा भान्साको काममा लाग्नुभयो। यसरि पाँचदिन बित्यो।

भोलीदेखि अमिताको जाच सुरू हुने। अमिता भोली समयमै तयारी भइन्। अनि स्कुलको गाडी आएपछि स्कुल गइन् । जाच दिएर आइन्। घरमा सानिमा भएकाले उनलाई रमाइलो भएको थियो। चैत ४ गते अमिताको परिक्षा सकियो। जाच आउन लागेकाले भोलीनै सानिमा घर गइन् । अमिताको स्कुल नलागुञ्जेल मामुले उनलाई आफैसँग अफिस लाने हुनु भयो । अमिता चै आफ्नो जन्मदिनको कुरा सोचेर मनमनै दङ्ग थिइन्।

समय बित्दै गयो । अचानक नसोचेको जटिल स्थिति आइलाग्यो। विश्वमा नै फैलिएको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरो। हल्ला भएको दुईतीन दिन त केही प्रभाव परेन। तर त्यसपछि संक्रमणको डरलाग्दो रूप बढदै गयो। छोरीलाई अफिस लिएर जादा जादै सुरक्षाका कुरा उठ्यो। त्यसपछि केही दिन छुट्टी नै लिएर छोरीसँगै आमा घरमा बसिन्। तर यो रोकिने हैन झन भयानक भएकाले चैत्र ११ गतेदेखि लकडाउन नै भयो । त्यसपछि त अरूलाई जस्तै उनिहरूलाई पनि चौपट्ट।

कोरोना र लकडाउनले सानिमाको परीक्षा पनि रोकियो। जन्मदिनको रमाइलो पनि बन्द। उपाय नै नभएपछि अस्पतालमा अस्थायी जागिरे मामुले छोरीका लागि पूरै अफिस  छाड्नु परयो। त्यस अवस्थामा आमाले कोरोना र लकडाउनबारे संक्षिप्त भनेर छोरीलाई हिंड्नु नहुने कुरा भन्नुभयो । अनि यसपटक यस्तो भएकाले तिम्रो जन्मदिन घरमा अर्कै गरेर मनाउने है भनेर फकाउनुभयो। त्यसबेला अमिताले के बुझिन कोनि तर क्या बोर भो मामु भनेर सबैलाई हसाउँदै सहजै उफ्रन थालिन्।

प्रकाशित: २१ श्रावण २०७७ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App