लक्ष्मी उप्रेती
मामु, रमिताका बुबा त आइसोलेनमा हुनु हुन्छ रे।
आइसोलेन हैन होला । आइसोलेशन पो होला त।
हो हो। मैले भन्न जानिन छु।
तिमीलाई कस्ले भन्यो भन त।
अनलाइनमा पढिरहेको बेला रमला रोइन अनि म्यामले सोध्नुभयो। उनले त भन्नै सकिनन रुदारुदै। अनि उनको मामुले म्यामलाई भन्नु हुदा सुनेको।
ए! कहिलेदेखि रे नानु।
खै म्यामसँग उनिकी आमाले कुरा गरेको। कहिलेदेखि भनेको त सुनिन। अनि म्यामले उनलाई फकाउनुभयो। पहिलो सेसन त्यसैमा बित्यो। अनि अर्को सेसनमा मात्र पढाइ भयो। त्यसबेला रमला पनि रुन छाडेकि थिइन। तर खुसी नभैनभै नि पढिन्। उनको अध्यारिएको अनुहार देख्दा मलाई पनि नरमाइलो लाग्यो मामु।
नरमाइलो नमान छोरी। कियर गरे छिटो ठिक भै हाल्छ नि केही दिनमा।
भन्नु न मामु आइसुलेशन के हो।
अस्ती क्वारेन्टाइनबारे भनेको सम्झना छ कि छैन तिमीलाई।
छछ। त्यहि हो आइसोलेशन पनि।
त्यस्तैत्यस्तै हो। त्यस्तै लागे पनि फरक चै छ नि।
के फरक छ भन्नुन छिटो।
ल सुन है। कोरोना संक्रमित मान्छेसँग सम्पर्क हुदा शंका लागेर हो हैन भन्ने लक्षण थाह नहुइनजेल अलग्ग बस्नेलाई क्वारेन्टाइन भनिन्छ। कहिलेकहीँ एक ठाउँबाट अर्को ठाउँमा जानै पर्ने काम पनि पर्छ। त्यस स्थिति बाहिरबाट आएका मान्छेले केही दिन अभ्जर्भेसनको लागि क्वारेन्टाइनमा बसेर कियर गर्नुपर्छ। तर आइसोलेशनमा चै संक्रमित भइसकेको टुङ्गो लागेपछि नै बस्ने हो। यदि कुनै व्यक्तिमा कोरोना पोजेटिप देखियो भने अरूलाई नसरोस र आफु पनि संक्रमणबाट बच्न सकियोस भनेर अलग्ग बस्नेलाई आइसोलेशन भनिन्छ।
कहाँ हुन्छ मामु त्यस्तो ठाउँ।
घरमा र बिभिन्न ठाउँमा आइसोलेशन सेन्टर बनाएका छन् नी। अनि अस्पतालमा पनि बस्छन कोहि त। अस्पतालमा ठाउँ कम हुन्छ त्यसैले भ्यान्टिलेसन भएको हावा आउने ट्वाइलेट बाथरूम एटेज भएको बेग्लै कोठामा बस्नुपर्छ । अन्य सेन्टरमा पनि त्यस्तै सुबिधाको व्यवस्था हुन्छ। त्यसबेला संक्रमित मान्छेले कडा अनुशासन पालन गर्नुपर्ने हुन्छ।
कस्तो अनुशासन मामु।
हिँड्डुल पूरै बन्द गरेर एउटा छुट्टै कोठाभित्र मात्र बस्नुपर्ने हुन्छ। यदि घरमा राम्रो आइसोलेटको व्यवस्था नभए सेन्टरहरूमा बस्ने वातावरण बनाउनुपर्छ। डाक्टरको निगरानीमा पनि होइरहनु पर्छ। ज्वरो नापिरहनुपर्छ। अनि यस्तो बेला कसैकसैलाई अक्सिजनको मात्रा कम पनि हुन्छ। त्यस्तो भयो भने चै राम्रो उपाय अस्पताल बस्ने हो नानु । त्यसैले सास फेर्न अफ्ट्यारो हुनेबित्तिकै डाक्टरलाई भनेर सतर्कता अपनाउन अस्पतालमा नै बस्ने व्यवस्था गर्नुपर्छ।
मामु एक्लै बस्दा बोर भएका बेला के गर्ने नि?
ठीक नहुइन्जेल खप्नुपर्छ नि। बूढाबूढी बालक र कुनै रोगी मान्छे त झन उबाट टाढै हुनपर्छ। उसलाई खाना दिनेले पनि धेरै सावधानी अपनाउनुपर्छ। कोठाभित्र पसेर वरैबाट खाना र अन्य सामग्री दिएर निस्कनुपर्छ। त्यही पनि माक्स लगाएर जानुपर्छ नि। ऊ निस्केपछि मात्र संक्रमितले खाना पानी आफूले उठाएर खान्छन्। अघिपछि जरूरी नपर्दा कसैले नजानु राम्रो हो।
ए अनि त रमला रोएकी रहिछिन्। उनले बाबालाई खूब मिस गरिछन् नि होकि मामु।
हो नि। तर आइसोलेशनमा होसियार भयो भने छिटै निको हुन्छ। अनि भेट भै हाल्छ नि बाबासँग तिम्री साथि रमलाको।
अनि अरू के हुन्छ आइसोलेशनमा।
अरू त क्वारेन्टाइनमा गरेजस्तै साबुनपानीले हात धुने। सेनिटाइज गर्ने । बिरामीले प्रयोग गरेका कुनै वस्तु पनि कसैले प्रयोग नगर्ने। माक्स बदलेर लगाइरहने । झोल पदार्थ खाइरहने। तागतिलो पदार्थ खाने। विशेष त यसबेला व्यायम, योग र ध्यान गर्दा झन राम्रो। आदि गरेर आफुमा भएको संक्रमण नाश गर्नुपर्छ । केही दिन सबै लक्षणहरू हराए पनि राम्ररी परिक्षण गरेपछि नेगेटिभ आयो भने मात्र अरूसँग सम्पर्क गर्नुपर्छ।
कसरी थाह पाउनु मामु संक्रमण नाश भएको।
अ मोवाइलमा एउटा कार्यक्रम खुला गरेर साधरण रूपमा हेर्न सकिन्छ। तर, प्रष्ट हुन डाक्टरले नै जाँचेको राम्रो नि नानी।
ए, आइसोलेशन र क्वारेन्टाइनका कुरा पनि थाहा पाए मामु ।
क्वारेन्टाइन र आइसोलेशनको फरक भन त ।
क्वारेन्टाइन संक्रमणको शंकामा र आइसोलेशन संक्रमण भएको टुङ्गो लागेर रैछ।
होहो। अब पढ म्यामले होमवर्क दिएको छ भने छिटो सक। एकछिन किताब पढ अनि मात्र कार्टुन हेर्न पाउँछ्यौं है ।
हुन्छ मामु । आज्ञाकारी भएर पढन गइन्।
प्रकाशित: १८ श्रावण २०७७ ०७:१८ आइतबार