४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

प्रेम नम्बर

कथा

रबिना नराल

सखारै ५ बजे नै निद्रा खुल्छ मेरो। मलाई चराको चिरविर मीठो लाग्छ। जेठको महिना सधैंझैं म मर्निङवाकमा निस्कें। सिमसिम पानी परिरहेको थियो। हिँड्दाहिँड्दै पुलमा बसेर खोलाको सुसेली नियाल्न थालें।  

केहीबेरपछि त्यहाँबाट हिँडें। अलि पर्तिर पुगेसि झुल्के घामको स्वागत गर्न पाइयो। अनायासै टोलाएछु, म। टक्क अडिएर हिमालतिर नजर डुलाएँ। साँच्चै कति सुन्दर छिन् प्रकृति!  

वातावरण मौन थियो। अचानक मोबाइलको घन्टीले मौनतालाई भंग गरिदियो। झनक्क रिस उठ्यो, यति बिहानै फोन गर्ने को होला? दुईपटक काटिदिएँ फोन। विदेशबाट कसले ग¥यो यति बिहानै ?  

एकैछिनमा मन ठेगानमा आयो। कसैले काम परेर पो गरेको हो कि! फेरि पनि फोनको घन्टी बजिरहेको थियो, ढिला नगरी उठाएँ।  

‘नमस्कार हजुर सन्चै हुनुहुन्छ?’, एउटा पुरुष स्वरले सोध्यो।  

‘नमस्कार! मैले तपाइँलाई चिनिनँ नि?  

‘तिमी सम्झना होइन?’ उसले सोध्यो।  

‘म सम्झना होइन। तपाइँले रङ नम्बर डायल गर्नुभयो।’ यति भनेर मैले फोन काटिदिएँ।  

बिदेशबाट फोन गर्दा कति पैसा सकियो होला भनेर हतारहतार काटिदिएँकी हुँ। उताबाट फेरि फोन आयो। अबचाहिँ मलाई झनक्क रिस उठ्यो।  

‘नचिनेको नम्बर डायल गर्नुअघि सोच्नुपथ्र्यो नि। म सम्झना होइन भन्दा पनि फेरि किन गर्नुहुन्छ? निन्द्राबाट बिउँझेर फोन गर्नुस।’ भनिदिएँ मैले।  

‘तिम्रो कोइलीको जस्तो स्वर सुनेपछि कुरा गर्न मन लाग्यो पिलिज’, बल्ल उसले आफ्नो परिचय दियो। सविन रहेछ नाउँ। मेरै जिल्ला काभ्रेको।  

एक दिन उसको फोन नआउँदा फोन गरौंगरौं लाग्न थाल्यो। आफ्नोपनको आभास हुन थाल्यो। ऊप्रति श्रद्धाभाव जाग्न थाल्यो। मान्छेको मन पनि कस्तो विचित्रको हुन्छ, नचिनुञ्जेल कोहो कोहो, चिनेपछि मायामोह!  

मेरो दिमाग कसले चाट्दैछ? उसको धेरै पटकको आग्रहपछि मैले आफ्नो पनि परिचय दिएँ। उसले फोन राख्नै मानेको थिएन। मैले म मर्निङवाकमा छु। पछि कुरा गरौला भनेर राखिदिएँ। हिँड्दा हिँड्दैको बातचितले अर्के मनस्थितिमा पु¥याइदियो। को होला त्यो मेरो एक बोलीमा यति धेरै तारिफ गर्ने भनेर म छक्क परें।

अब त हरेक दिन शुभ प्रभात, शुभ सन्ध्या र शुभरात्रिका संन्देश आउन थाल्यो। म हरेक एंगलबाट उसको परिचय लिइरहेको थिएँ। बिस्तारै इमो र फेसबुकमा कुराकानी हुनथाल्यो। म भने सधंै लामो कुराकानी गर्न मन नपराउने, उसले राख्न नमाने पनि राखिहाल्थें। फुर्सदिलो त्यहाँमाथि कोठा बन्दिको समय यसरी महिनौ फोन र संन्देश आउन थालेपछि मलाई पनि एक दिन उसको फोन नआउँदा फोन गरौंगरौं लाग्न थाल्यो। आफ्नोपनको आभास हुन थाल्यो। ऊप्रति श्रद्धाभाव जाग्न थाल्यो। मान्छेको मन पनि कस्तो विचित्रको हुन्छ, नचिनुञ्जेल कोहो कोहो, चिनेपछि मायामोह।  

मलाई उसको चिन्ता लाग्न थाल्यो। बन्दाबन्दीमा चिनजान भएका साथी। हामी बीच कोसौंको सामाजिक दूरी छ। तर मन साथमै छ। वर्षौं अघिको साथीजस्तै लाग्न थाल्यो। हामी बीच सुखदुःखका कुरा हुन थाल्यो।  

पोखराका कलाकार पदम घलेले बनाएको चित्र। 

ऊ बेलाबेलामा हस्सीमजाक गथ्र्यो। कहिलेकाहीँ भावुकपन पनि देखाउँथ्यो। उसको कुरा गराई देख्दा मलाई लाग्थ्यो, ऊभित्र पीडाको अस्मेल साउने बाढी उर्लिरहेको  छ। मेरो कोमल मनलाई बुझेर होला ऊ मर्मस्पर्शी कुरा गरिरहन्थ्यो। कहिलेकाहीँ त म अलमलमा पर्थें। सायद मेरो मन जितेर होला उसले आफ्नी प्रेमिकाका कुरादेखि ऋणधनका सबै कुरा सुनायो।  

उसको अत्यन्तै भावुकपनमा रिसाइदिन्थें। दुईचार दिनसम्म पनि उसको म्यासेजको रिप्लाई पनि गर्देन्थे तर, सरीसरी भन्दै मन जित्न माहिर थियो। एक दिन उसले खुट्टामा घाउ भएर चिरेको फोटो पठाएर भन्यो, ‘म मरेर बाकसमा आएँ भने पनि दुई थुंगा फूल लिएर एयरपोर्ट आऊ है!  

उसका शब्दले मलाई सताउन थाल्यो। यस्तैयस्तैमा एक दिन मैले उसको फोन काटिदिएँ। महिना दिनसम्म उसको फोन आएन। विश्वभर कोरोनाको महामारी फैलेका बेला ऊ पनि सन्चै होला भन्ने कामना गरेर बसेकी थिएँ। नियास्रो नलागेको त कहाँ हो र! म उसको फोन कुरि बसें।

मैले पनि फोन गरिनँ। मातृभूमिदेखि धेरै टाढा बसेको व्यक्तिको पनि कति माया लाग्दो रहेछ!  

एक दिन म्यासेज आयो। उसले मसँग नरिसाउ भनेर ५० पटक जति सन्देश पठायो। मैले केही उत्तर नफर्काएपछि उसले भन्यो, ‘म त अब बाँच्दिन होला। मलाई कोरोना लाग्यो गलेको छु। एउटा होटलमा बसेर उपचार गराउँदै छु।’  

मलाई उसले बहाना बनाएजस्तै लाग्यो।  

‘तिमी झूट धेरै बोल्छौ यो पनि झुट हो मसित बोल्नलाई’ भन्दै म्यासेज गरें। तर सत्य रहेछ, उसले मलाई डाक्टरको रिपोर्ट खिचेर पठाइदियो। ऊ धेरै गलेको रहेछ, त्यो दिन फोनमा लामै कुराकानी भयो।  

हामीले कहिल्यै भिडियो कल गरेका थिएनौं। त्यो दिन उसले भिडियो कल ग-यो। छातीमा असजिलो भएको बतायो। वान्ता पनि भएको रहेछ। उसले आफ्नो समस्या मात्र सुनाएन, बाबालाई धम्की र ममीलाई प्रेसर बढेको पनि सुनायो।  

‘ममी बाबासित बोल्न त सारै मन लागेको छ’, उसले भन्यो, ‘यस्तो बेलामा कुरा गर्दा उहाँहरू आत्तिनु होला भन्ने डर लागेर बोलेको छैन।’

किनकिन के भयो मेरो मनलाई? मेरा आँखा लछप्पै भिजिसकेका थिए। मैले डाटाबाट नेट चलाएकी हुँ। ब्यालेन्स सकियो,। अडियोमा बौलौं न’, मैले झुट बोलिदिएँ।  

मेरो कविताले ठूलो ओखतीको काम गरेछ! ‘तिम्रा कविता दिनमा धेरै पटक सुनें। ममा बाँच्ने चाहना बढेको छ। आत्मबल बढेको छ’, एकाबिहानै उसले भन्यो, ‘अहिले म हिँड्न सक्ने भएँ। नत्र त मरिसक्थें होला! आखिर यो संसारमा मलाई माया गर्ने पनि कोही त रहेछ!’

मैले उसलाई सम्झाएँ। ‘तिमी प्रवासमा छौं। आफ्ना सपना पूरा गर्नुछ। त्यसैले समय अनुकूल चल्नुपर्छ’, मैले सुझावको भाकामा भनें, ‘मानिसको जीवनमा यात्रा गर्दा कहिले सजिलो राजमार्गमा हिँड्न पाइन्छ त कहिले चट्टाने भीरमा हिँड्नुपर्छ। जीवनमा सबैथोक खानु हुन्छ, तर हरेस खानु हुँदैन। निरन्तर गन्तव्यतिर लम्किरहनु पर्छ।’  

कोरोना भाइरस त एउटा रोग न हो, किन आत्तिने यसबाट। आखिर हामी जोकोहीलाई लाग्न सक्छ। सकेसम्म रोग लाग्न नदिने न हो, लागि हाले सावधानी अपनाएर उपचारमा लाग्नुपर्छ।

आज्ञाकारी बालकझैं ऊ मेरा कुरा सुनिरहेको थियो। म भन्दै गएँ, ‘आत्मबल बलियो भयो भने कोरोना त के संसारका सबै रोग जित्न सकिन्छ। त्यसैले हामीले खानपानमा खूब ध्यान दिनुपर्छ। कोरोनालाई जित्न तिमीमा ‘म स्वस्थ्य छु म पूर्ण रूपमा ठिक छु यो सामान्य रोग हो’ भन्ने सम्झनुपर्छ।’  

यसरी दिनहरू बित्दै गए। केही दिनपछि उसलाई क्वारेन्टिन (होटल)बाट अस्पताल लगियो। मेरो मन खुसी भयो। भनें,‘अब त अस्पतालमा तिम्रो डाक्टरले ख्याल गर्छन्। आत्तिनु पर्दैन।’  

उसले अस्पतालबाटै म्यासेज पठाउन थाल्यो। ऊ जस्ता धेरै बिरामी त्यस अस्पतालमा रहेछन्। ‘मलाई खान मनै लाग्दैन’, उसले भन्यो, ‘केही स्वादै पाउन्न।’  

‘बल गरेर भए पनि खानुपर्छ। हेर कतिन्जेल आमाबुबालाई ढाँट्छौं। कोरोनालाई जितेर फर्कनुपर्छ’, म सुझाउँथे, ‘बेलाबेलामा अदुवा, बेसार हालेर पानी उमालेर खाउ। सम्भव भए बिहान बेलुका तातोपानीले नुहाउ।’  

सम्झाउँदा सम्झे जस्तै लाग्थ्यो। एकछिनमै ऊ फेरि भन्थ्यो, प्रवास (दुवई)मा छु । मलाई केही भइहाल्यो भने गाउँमा मेरो लास पनि आउँछ कि आउँदैन होला?’  

उसको निराशा सुन्दासुन्दै दिक्क लाग्थ्यो। आफूलाई सम्हाल्थें। ऊ बेलाबेलामा भन्थ्यो, ‘उसिनेका खाना मिठै हुँदैन। हिजोबाट खै कुन्नी के औषधी दियो दियो त्यो औषधी खायो कि श्वास फेर्न सारै गाह्रो हुन्छ। त्यो नखाँदा मलाई बरु सजिलो हुन्छ। खायो कि खोकी पनि लाग्छ। भित्र छाती धेरै दुख्छ।’

म जस्तो कोमल मनकी मान्छेलाई उसले ‘साहसी लेडी’ भनेर सम्बोधन गर्दा र ऊ तन्दूरुस्त हुँदै गएको देख्दा खुशीले बेचैन बनें। लाग्यो मान्छेको जीवनमा एउटा शब्दले पनि कति फरक पार्दो रहेछ। कविताको कति ठूलो शक्ति रहेछ!  

‘औषधीको फोटो मलाई गुगल गर न केको रहेछ’ भनें। यो नाउँ सर्च गर्दा कतै मेल खाएन। त्यसैले उसलाई भनें, ‘डाक्टरलाई भन कि मलाई गाह्रो भयो।’

आज विश्वनै आआफ्नो खुवीले भ्याएसम्म कोरोनाको औषधी परीक्षणमा लागेको छ। सायद आफूमाथि परिक्षण पो हुँदैछ कि भनेर ऊ डराएको रहेछ।  

समय बित्दै गयो। बिरामीको चाप बढेकाले होला उसलाई कोरोनाको रिपोर्ट नेगेटिभ नआउँदै अस्पतालले डिस्चार्ज गरिदिएछ।  

मचाहिँ कसरी प्रवासी साथीहरूको मनोबल बढाउने भन्ने ध्याउन्नमा लागें।  मैले आफूले लेखेका कविताहरू आफ्नै स्वरमा रेकर्ड गरेर पठाएँ। भौगोलिक दूरीले टाढै भए पनि मनकै दैलोमा उभिएको सविनलाई मैले धेरै रेकर्ड पठाएँ।  

नभन्दै मेरो कविताले ठूलो ओखतीको काम गरेछ। ‘तिम्रा कविता दिनमा धेरै पटक सुनें। ममा बाँच्ने चाहना बढेको छ। आत्मबल बढेको छ’, एकाबिहान उसले भन्यो, ‘अहिले म हिँड्न सक्ने भएँ। नत्र त मरिसक्थें होला। आखिर यो संसारमा मलाई माया गर्ने पनि कोही रहेछ।’  

म जस्तो कोमल मनकी मान्छेलाई उसले ‘साहसी लेडी’ भनेर सम्बोधन गर्दा र ऊ तन्दूरुस्त हुँदै गएको देख्दा खुशीले बेचैन बनें। लाग्यो मान्छेको जीवनमा एउटा शब्दले पनि कति फरक पार्ने रहेछ। कविताको कति ठूलो शक्ति रहेछ।  

अचेल सविन काममा जान थालेको छ। उसको सक्रियता र मुस्कान देख्दा ममा आनन्द छाइरहन्छ। प्रिय सविन, संसारले कोरोनामाथि विजय हासिल गरे लगत्तै तिमी मातृभूमि फर्क है। तिम्रा ममीबाबा तिमीलाई भेट्न आतुर छन्। साँच्चै आफ्नो ख्याल राख्नु नि!  

अहो मैले रङ नम्बर भनेर पूरै बेवास्ता गरेकी भएँ के हुन्थ्यो होला सविनको अवस्था? पाइलैपिच्छे ख्याल पु¥याएर हिँड्ने सके कतिको जिन्दगी फुल्ने रहेछ! म भावनाको पोखरीमा पौडिदै थिएँ। मनले भन्यो, ‘सम्पूर्ण प्रवासी नेपालीहरू काठको बाकसमा होइन, हाँसिहाँसि सुटकेश गुडाएर आएको हेर्न मन छ।’  

अचानक फोनको घन्टी बज्यो। त्यो रङ नम्बर थिएन, प्रेम नम्बर थियो। उसले मायालु भाकामा भन्यो ...। 

प्रकाशित: २० असार २०७७ ०५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App