२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

आश्राले गाइन् कोभिड –१९ बारे चेतनामूलक गीत

कोभिड–१९ को त्रासले संसारभरका मान्छे त्रसित छन्। हरेकको मनमा कोरोनाकै कुरा खेलिरहन्छ। बन्दाबन्दीले वातावरण उकुसमुकुस छ । यही उकुसमुकुस र महामारीबाट सचेत गराउन ९ देशका १० जना कलाकारले सामूहिक रुपमा गीत गाएका छन् ।  

प्रत्येक देशका भाषा र संस्कृतिसंगै सन्देश समेटिएको गीत भर्खरै युट्युव मार्फत सार्बजनिक गरिएको छ। अमेरिका, इटली, रसिया, इथोपिया, इजिप्ट, क्यामरोन, नाइजेरिया, यमन र नेपालका कलाकारले यसरी गाएका हुन् ।

नेपालबाट गायिका आश्रा कुवँरले साथ दिएकी छिन् । उनले ‘लड्ने छौं बढी अघि आज पनि हामी नेपाली’ बोलको गीत गाएकी छिन् । यो गीत उनैले लेखेकी हुन् ।    

गीतमा कोरोना भाइरस संक्रमण फैलिन नदिन सबैलाई सचेत र सजग हुन आव्हान गरिएको छ।  ‘अहिलेको महामारीमा आपसमा सद्भाव कायम राख्दै आत्मविश्वास बढाएर कोरोनालाई जित्नु पर्ने सन्देश गीतमार्फत दिएकी छु’, गायिका कुवँरले भनिन् ।  

संगीत मार्फत मान्छेको मनको डर हटाउन उनी अघि सरेकी हुन् । उनको गीत ‘वल्र्ड युथ फोरम’को युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।  

प्रकाशित: ८ असार २०७७ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App