coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सोनाक्षीले किन बन्द गरिन् ट्विटर ?

बलिउड कलाकार सोनाक्षी सिन्हाले ट्वीटर अकाउन्ट बन्द गरेकी छन्। उनले नकारात्मक कुराबाट बच्नको लागि यस्तो गरेको बताएकी छन्। आफ्नो मानसिक स्वास्थ्यलाई बचाउन यसो गरेको उनले भनेकी छन्। सोनाक्षीले यो जानकारी इन्स्टाग्राममा उल्लेख गरेकी छन्।

इन्स्टामा ट्विटरको स्क्रिनसट राख्दै उनले लेखेकी छन्, 'आफ्नो मानसिक स्वास्थ्य बचाउन र नकारात्मक कुराबाट टाढा रहन यो कदम चालेकी छु। मैले आफ्नो ट्विटर अकाउन्ट डिएक्टिभ गरेकी छु।'

उनले इन्ट्राको कमेन्ट सेक्सन पनि डिसेवल गरेकी छन्। उनले लेखेकी छन् 'आग लगे बस्ती मे, मै आफनी मस्ती में। अलविदा ट्विटर।'

हप्तादिन अघि फिल्म निर्माता सशांक खेतानले पनि आफ्नो ट्विटर अकाउन्ट बन्द गरेका थिए।

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि सोशल मिडियामा निर्माता करण जोहारको ट्रोल गरिएको थियो। मानिसहरुले उनलाई आरोप लगाएका थिए, 'उनले अभिनेताका आफन्तलाई मात्र कामको मौका दिन्छन्।' यस पछि करणले फिल्मसँग जोडिएका केही मानिसहरुलाई अनफलो गरेका थिए। सुशान्तले आत्महत्या गरेपछि बलिउडमा भाइ-भतिजावादबारे वहस भैरहेको छ।

 

 

प्रकाशित: ७ असार २०७७ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App