३ असार २०८१ सोमबार
image/svg+xml
कला

अस्कर स्थगित गर्न छलफल

मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीका गभर्नरहरूको जुम बैंठकमार्फत अस्कर समारोह स्थगित गर्ने विषयमा छलफल गरेका छन् । ९३ औं अस्कर अवार्ड समारोह आगामी फेब्रुअरी २८ को लागि निर्धारित गरिएपनि कोरोना भाइरस महामारीले गर्दा हलिउड विचलितमा परेको छ । 

अमेरिकाभरका फिल्म हलहरू बन्द छन् भने नयाँ फिल्मको रिलिज मिति राखिएका छन् । एकेडेमीका ५४ जना गभर्नरहरूले अस्कर अवार्ड समारोहको मिति आठ हप्तासम्म सार्न सक्छन् र यस वर्षको डिसेम्बर ३१ सम्मका योग्य फिल्म सहभागि गराउन सक्दछन् भन्ने तथ्यलाई मान्यता दिदै कोरोना भाइरस महामारीका कारण अन्यौल सिर्जना भएको छ । गभर्नरहरूले अस्कर अवार्ड समारोहको ढाँचा निर्धारण गर्ने अपेक्षा गरिएको छैन । कारण महामारीको स्थिति कस्तो हुन्छ भनेर अनुमान गर्न समय लिन चाहन्छन् । यद्यपि उनीहरूले अवार्ड समारोह प्रसारणको लागि साझेदार गरेको एबिसी च्यानलको नयाँ मितिमा होल्डमा राख्नुपर्नेछ । 

हालसम्म अस्कर अवार्डमा तीन पटक ढिलाइ भइसकेको छ । गत साता एकेडेमीले अर्को वर्ष वितरण गरिने अस्कर अवार्डमा समावेशी मापदण्डको योग्यतालाई प्राथमिकतामा राख्ने जनाएको थियो । ‘अस्कर सो ह्वायट’ विवाद नदोहोरिन दिन एकेडेमीले जुलाईसम्ममा नयाँ प्रतिनिधित्व र समावेशी मापदण्डको विकास र कार्यान्वयन गर्न विशेष समिति गठन गर्दैछ ।

प्रकाशित: २ असार २०७७ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App