१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

सुशान्त सिंह राजपुतले गरे आत्महत्या

भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । भारतीय संचार माध्यमका अनुसार उनले बान्द्रास्थित आफ्नै घरमा  शव भेटिएको छ ।  प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए ।आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।

राजपुत बलिउडका स्थापित कलाकार हुन् । उनले सन् २०१३ मा ‘काइपोचे’ चलचित्रबाट बलिउडमा डेब्यु गरेका थिए। राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए।  

भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले पछिल्लो समय सारा अली खानसँग ‘केदारनाथ’ र श्रद्धा कपुरसँग ‘छिछोरे’चलचित्रमा अभिनय गरेका थिए। उनका केही फिल्मले धेरै चर्चा कमाएको छ । 'डिटेक्टिव ब्योमकेश बक्शी', 'एमएस धोनी: द अनटोल्ड स्टोरी' जस्ताे फिल्ममा मुख्य भुमिका छन्।

एमएस धोनी: द अनटोल्ड स्टोरी बाट सुशांत सिंह राजपूतले बेस्ट एक्टर काे फिल्म फेयर अवार्डबाट सम्मानित भएका थिए । उनकाे फिल्म 'चंदा मामा दूर के' आउने पर्कियामा थियाे । ३४ वर्षीय राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए । उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App