२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बबुवा, कहाँ छ रे तेरो देश ?

निबन्ध

पेशल आचार्य 

एकटा पुलिस मानिस आएर उसको सोधा, ‘रे ! बबुवा कहाँ छ रे तेरो देश ?’ बबुवा अर्थात् बौवालाललाई यो बोली कतई चिनजाइनको लागिलियो । उसले पुलिस मानिसको मुख देखो तो वहाँ उसको गामको बिल्टु महतोको पुतर सल्टु महतो खडा भएको थियो । दैयारी मानिसको अगि देखेपछि बौवको आँखाबाट तनिक सा आँसु धरती पे खसिलियो । पिछाडि फर्केर बौवाले सो आँसु पुछिलियो र सानो आवाजमे भनो, ‘हम विहारी न छि, मधेशी छि, तराईवासी छि और धरतीपुत्र छि ।’

पेशल आचार्य 

बौवालालको कहानी  

हिजोआज दसगजामा धेरै भीड बढेको छ । अघिअघि शून्य हुने सिमानाका र दसगजा अहिले मानिसको घुइँचोका कारण थेगिनसक्नु छ । सिमानामा आएपछि भारतीय पुलिसले सबैलाई रोक्यो । १४ दिन क्वारेन्टिनमा नबसी नछोड्ने भएपछि सबैका ओठतालु सुके ।  

लकडाउनमा सडकबौवा करेन्टिनमा रुँदै बसेको छ । उसलाई धेर पिर छ । बापुको पिर, रिनको पिर, रतियासँग बिहे रच्न नसकेको पिर र घरलाई नयाँ बनाएर बिरादरीबीच जिनगी बिताउने पिर । यो आदमी भनेको त पिरैपिरैको पानीपुरी जो छ । उसको काम खोसियो । अब उसको सादीवादी पनि हुन सक्देन । न घरमे खानेको अन्न छ । न कौने ठिकेदारी पेसा छ । न जगिर उगिर नै छ ।

 

पाँच दिन भयो भारत तर्फको क्वारेन्टिनमा बबुवा बस्न लागेको । ऊ कोरोनाको डरले पन्जाबबाट साथीहरूको साथ लागेर आएको हो । पहिलेपहिले ऊ भारतबाट आफ्नो देश फिर्दा बोडरमा कोनो आदमी कसैको केही गर्दैनथ्यो । कहिलेकाहीँ उसपार र कहिलेकाहीँ इसपार मे पुलिसले दसबीस टका जलखाइ शुल्क जो माग्थ्यो सो भन्दा किच्किच् कहिल्यै करेन । तर यसपटकको हालबात फरक जो थियो । सबै आदमीको अनुहारमा कोइलजस्तो कालो भएको थियो । कानै कसैको केही बातचित करेको थिएन । सबको अनुहारमा दुःखको कोसी आ कमला बगेको थियो । यही भाव बौवालालको मनमे आयो । सो बौवालाल छक परिलियो ।  

जुलुसझैँ तराईका नेपालीहरू जो भारतका विभिन्न ठाउँसे आइलिएका थिए । सब लोक इसबखत तनिक घबराएका थिए । बोडरमे उसपार बीएस्एप्m थियो भने इसपार नेपालमे एपिएफ् थियो । हेर्दा मे दुवै दाजुभाइ जैसे दिखथ्यो, लेकिन बेबहारमे फरक थियो दुवैजन । कहिले उधरके पुलिस नरम बोलथ्यो । कहिले इधरके पुलिस नरम बोल्थ्यो ।  

बोडरमे इसबार धेर बौवालालहरू ‘करेन्टिन’ मे बसेको थियो । सब भारतसे आएको थियो । सबको जागिरउगिर चट् भैलिएको थियो । महाराष्ट्र, युपी, दिल्ली, पन्जाब ओ राजस्थानसे धेर आदमी सो बोडरमे आएको थियो । कोनै कानैको साथमे भरखर बिहे करेको लब्का मौगी र कसैकसैको त पन्ध्र÷महिना दिनको लब्का बच्चा समेत साथमे थियो । यो सब देखनेमे बहुत दुःख लाग्थ्यो । तर यसको जवाफ न मोदी के साथमे थियो न ओलीके पासमे थियो । गरिब जनता धूप और कष्टमे आएको थियो । जसको कौने उपाय थिएन ।  

करेन्टिनमे सब आदमी छिपिगएको थियो । जसमे बर्ख १८ को बौवा पनि सामेल भै लियो । केही समय अघि मे उसको घरसे बापु बौवाको फोनउन करेको थियो । उसको बापु बिमार थियो । गएको साल जब बौवा पञ्जाब जान लागेको थियो सोही बेलामा बाबु बिरामी भैलिएपछि उसले उपचार गरी परदेश लागेको थियो । अहिले सोही बापुको बिरामीले उसलाई तकलिफ दिएको छ । ऊ बापुको धेर मया गर्छ । कारण छ कि उसको माई ऊ तनिक छोटो अवस्थामै स्वर्ग गैलियो ।  

शुरूशुरूमा बोलाउने नाम बबुवा रहे पनि उसको बास्तविक नगरिकताको नाम भने बौवालाल उराव हो । घर सुनसरी साविक सत्तेरझोरा गाउँ, गडहनपारि । आमा सानैमा मरेकी । ५५ वर्षका बाबुले गाउँकै ३० बर्खकी रतिया उर्फ रतिया उरावलाई कान्छी स्वास्नीका रूपमा घर भित्र्याएपछि बौवालाललाई घर बस्न मन लागेन ।  

उसले पढेको छैन । पढ्नु लेख्नुसँग उसको कहिल्यै भेटभाटी र चुम्माचाटी समेत भएन । कर्जालयमा उसको जात उराँव हो । उराँव भनेको झाँगड । यो जात तराईको मोरङ र सुनसरीमा बसोबास गरिलिन्छ । अर्थात् तराईवासी । पहिलेपहिले सो जातलाई तराईका सामन्तहरू जो वर्णाश्रम धर्मको धमास दिएर ‘पानी नचल्ने’ जात भन्दथे । तर उसको जात बिरादरीमा भने यस्तो महसुस कहिल्यै भएन । उसको च्याप्जु हजुरबादेखि नै उनीहरू बाँधा मजदुर थिए । माटोसँग युद्ध गर्थे तर कहिल्यै माटो आफ्नो बनाउन पाएनन् । हजुर बाउको नाम पन्चु बाँतर । तर मालिक मलकाइनले कहिल्यै उसलाई पन्चु भनेर बोलाएनन् । सधैँ एकलखे नै लगाए । बाउको नाम करिया बाँतर  । ऊ बेहद कालो थियो । तराईमा दिनबारको खयाल गरी शिशुको नाम रखिन्छ । जस्तो कि आइतबार जन्मेकोलाई रविया, सोमबार जन्मिनेलाई सोमे, मंगलबारको दिन जन्मेको छ भने मंगले । यसैगरी बुधे, गुरुवा, शुक्रे र शनिश्चरे । यो तिनीहरूको चलन ।  

उसको नाम बौवालाल बाँतर । जिनगीमा उसले धेरै चानस पाएन । अलिअलि चानस जो पाएको थियो तो बाउ र हजुरबाउले सब दारुमा पिलाइदियो । अहिले उसको जिनगी तौवातौवा भएको छ । यो कुरा सम्झन्छ त उसलाई रोनुको मन भै’हाल्छ तर किनकिन ऊ रोदेन । रोने कामलाई ऊ नामरदाङ्गी भनिलिन्छ । बरू भुखले मरिलिन्छ तर कौनेसँग ऊ जिनगीमा गुनासो फुनासो गरिलिँदैन ।  

उसको बाबु बजरङ्ग बलीको खास भक्त । दैनिक हनुमान चालिसा नपढी कौनै खानापिना गर्दैनथ्यो । बौवालालले चाहिँ कसैको भक्तिउक्ति गरिलिएन । बस् गाउँमा एउटी चन्द्रा नामकी बडो खट्मिठ्ठी सोभावकी लडकी थी । जसप्रति बौवाको दिल पागल से भएको थियो ।  

बौवाका गामका सबैजसो आदमी अनपढा औ गँवार थिए । उसको गाममा घर कम भएकाले गाम पातलो थियो तर आमको बगैँचा ठूलो थियो । धियापुतामा ऊ आमका टिकुला बटुलेर सोमबारे आ बिहीबारे हटियामा लगी बेच्दथ्यो र जो टका हात पर्दथ्यो सोबाट ऊ बिँडीउडी र घरमा नुनतेल खरिद गरी ल्याउँथ्यो ।  

कोनै पढेलिखा आदमी बौवालालको घर पढोसमा थिएनन् । गाममा एक्टा उखान बढी जोड से चल्तीमा थियो, ‘थोडा पढा हलसे बाहर, ज्यादा पढा घरसे बाहर ।’ यसो किन भन्थे बौवालाललाई केही पनि थाहा थिएन । उसलाई त मात्र कामको चासो थियो । धियापुता उमेर उसको गाममा भएका रूखबाट आम टिप्न र अघन मासमा धानसिला खोज्दैमा बित्थ्यो । सो सघन मास उसलाई किन पनि राम्रो लाग्यो भने सो मास मै धानका खेतमा जब लाहार उठाएर मालिकहरू सब खेत खालि कराइलिन्थे तब सब बाँतर के धियापुता लोग मुस मार्नका लागि तँछाडमछाड गर्दथे ।  

उसको जमानी पनि मौस मारेर बित्यो । जब गामका सबै लड्कीको सादीवादी भैदियो अनि उसको पनि मासुका जो थिई तो पनि आफ्नो लोगनको घर गइलिई । तो हिँउद उसलाई जोड जोडले बुखार आयो । उसले इनर्वा बजारमा रहेको पुरानो कम्पाउण्डर जसलाई गाउँलेहरू डाग्दर बस्नेत भन्थे उसकोमा गएर दुई पत्ता ट्याबलेट आ एक सिसी झोल दबाइ लिई आयो । खायो । केही दिनको बादमे ठिक भइलियो ।  

बुखार लागेको बेला सारा बाँतर जात बिरादरी सबका सब मोस मार्नका लागि गेयो । तर ऊ खटियामे ओस्राके नज्दिकमे रहिरह्यो । बुहारके बीचमे मोसको मासु दोख दिलाउँछ गाउँले जो यही भन्थ्यो । जब बुखारसे बौवा उठो तब उसलाई अब गाममे बसनेको कौनै मन करेन । उसले मन पराएकी मासुका रतियाको बिहे भैसकेको थियो । सबै साथीहरू जो इन्डियाके हर सहरमे गएको थियो । उसलाई पनि अब गाम छोडेर बीचमै भागूँ भागूँ लागो ।  

पञ्जाव यात्रा  

गामको एकजना पुरानो बसिर मियाँ भर्खर यही भद्वामे  पञ्जब से आएको थियो । बौवाको खेतउत सब रोपिलिएको थियो । काम न मिल्नेको डरमे बौवाको बापु बिखरागएको थियो । बापुसँग कुरोकानी करेर बौवा बसिरसँग उसलाई पञ्जाब जानेको मन करो । बसिरको पछि लागेर बौवालाल पन्जाब गयो ।  

त्यहाँ उसले उही नेपालमे करेको खेतीउतीको कामदाम नै गरो । काम ठिक थियो । मालिकले खानाउना सब फिरीमे दिएको थियो । हरेक मासको बार हजार उसको बचनेको थियो । पान, बिँडी र सिकरेट ऊ केही पनि खाँदैनथ्यो । सब पैसो बचाइहाल्थ्यो ।  

घर मे आएर उसको सादी करनेको मन थियो । जिनगीमे उसको धेरै काम गर्नेको मन थियो । कनिमनि धूर÷कठ्ठा जिमिन जोड्नेको मन थियो । सब खेर गैलियो । बापु हिजोआज बौवासँग ठिक हिसाबले बोल्देन । बोल्नेको मन कर्दैन । त्यस उसले बौवाको मन खराब भैलिएको हो ।      

करेन्टिन : आँखो देखा हाल  

सानो स्कुलमा हाटबजारझैँ खचाखच मानिस खाँदिएका छन् । कोरोना उरोनाका मरिज हुन् भन्ने शंका जो खिलेको छ । भारतमा रहँदा राम्रो दामकाम कमाएको बौवालाललाई घर आउनु परेपछि पाहोर पन्जाब जाँदा उठाएको रिनले उसको कपाल जो खाएको छ । सोही बेहोराका धेरै मानिसहरू यो बोडरमा गाईबख्र्राझैँ थुपारिएका छन् । न दिउँसो भनेजति मात्रामा चेकजाँच हुन्छ । न भनेको जस्तो खानपिन नै गरिदिन्छ ।  

विश्व स्वास्थ्य संगठनको जाँच समेतको खयालउयाल नगरी मानिसहरू भेडबखरी रियासतमा सबलाई कोचेर राखेको छ । कोकोसँग कोरोना छ कोकोसँग छैन । केही थाहा छैन । नेपालमा पनि अहिले लकडाउन जो भनिलिएको छ । जसले गर्दा नेपाल जान पनि एकोटा युद्ध जितेको जस्तो भएको छ । यो सब हेर्दा बौवा मात्र होइन सबको दिलदेखि नै दिल दुखेको छ । यहाँ सब मरदहरू दिनरात रुइलिन्छ । कराइलिन्छ । चिच्याइलिन्छ ।  

चुनावमा त हमीहरूले अघनमा धान काटेका समयमे पर्तिनिधि सभाके उमेदवार रामलखनवा हामरो खेतमै आएको थियो । केहीबेर धानउन कटायो अनि गइलियो । सो बेलादेखि न हामी रामलखनवाको घर गेयो न रामलखनवा नै हामरो घर आयो । भोट लिनु थियो ऊ आयो । अहिले हामीले समस्यामा पर्दा सबै माननीय ओ मन्त्रीजी पनि चुपचाप बसिलियो ।  

यो समयमे गरिबको कौने मानिस हुदेन । सरकारले पनि आफ्नो ‘नागरिक’ लाई नागरिक नदेखेर ‘व्यक्ति’ दिखायो । यो लोकतन्त्रमे हमी सब जो नागरिकको भूमिकामे छ । यस्तो अवस्थामे चाहे ऊ भारतबाट आएको होस् या कुनै कामदाम गरिलिएर नेपालमे बसेको किन नहोस् ऊ नागरिक हो । एउटा नागरिकलाई ‘व्यक्ति’ मात्र व्यवहार गर्नु नागरिकको सख्त अपमान हो । यो हमीलाई मन परेन । हमी बिमार थियो त पिसिआर चेकअपसेकअप गरिलिनु पथ्र्यो । तर हमरो कमनिष्टको सरकार जो छ सो पनि अब त धनीमनीको साथ जो दिन थालेछ । अनि हामी परपर भै दियो ।  

राज्यले यसरी भेद गरिलिने हो भने हामरो मन काटिन्छ नि ।

यो एकटा बौवा त पर्तिनिधि हो । यसतो बौवा नेपालबाट जो भारतको विभिन सहरमे गएको छ । पाँचदस लाख मानिस छ । अहिले कोरोनाको डरमे सर्कार उर्कारका मानिसहरु तराईका गरिब र निमुखा मानिसहरुलाई नागरिकको बेबहार कम व्यक्तिको बेबहार बढी गरिरहेको छ । चीनसे विद्यार्थीउद्यार्थी ल्याउनेबेलामा सर्कारले भक्तपुरको खरिपाटीमा राखिलियो । खुब मया गरो । अहिले हामी भारतबाट आयो त डोरीको खटिया पनि छैन सुत्नलाई । खानपिन त्यस्तै छ । न बेबहार मिठ छ । सब खत्तम छ चारौदिशा । हे ! भगवान् हामीलाई किन यो मुसिबत मे फँसायो ।  

बौवा करेन्टिनमा रुँदै बसेको छ । उसलाई धेर पिर छ । बापुको पिर, रिनको पिर, रतियासँग बिहे रच्न नसकेको पिर र घरलाई नयाँ बनाएर बिरादरीबीच जिनगी बिताउने पिर । यो आदमी भनेको त पिरैपिरैको पानीपुरी जो छ । उसको काम खोसियो । अब उसको सादीवादी पनि हुन सक्देन । न घरमे खानेको अन्न छ । न कौने ठिकेदारी पेसा छ । न जगिर उगिर नै छ ।  

उसले आफू टेकेको धरती हल्लिएको महसुस गरिरहेछ । आकाशको हेर्छ त उसैलाई थिच्छ जस्तो करिरहेछ । मनमनै ऊ बेहदसँग काँपिरहेछ । कसैको भनेको छैन । भनेर काम पनि छैन । जो एक कानले सुन्छ अर्को कानले उडाइलिन्छ । सबका सब यहाँ मतलबी छ –आदमी । अझ नेपालमे तो सब हरामी छ ।  

उसले एफएमसे समाचार सुनिलिएको छ । भुखले कठमाण्डू कीर्तिपुरमे धदिङ्को सूर्जेबहादुर तमाङ हिँड्दाहिँड्दै लोडेर मोरेको छ । सप्तरीमे मलर सदा र धनुषामे वीरेन्द्र गुरमैता जो इन्डियाबाट हिँडेर जनकपुर आइसक्दा सिमानामै भुखले लडेर मरेको छ । उसलाई आफू पनि ती सबैजस्तो जनता लागेको छ । मर्ने डरले ऊ कताकता डराएको छ ।  

यस्तैउस्तै सोचिराखेको बेला एकटा पुलिस मानिस आएर उसको सोधा, ‘रे ! बबुवा कहाँ छ रे तेरो देश ?’ बबुवा अर्थात् बौवालाललाई यो बोली कतई चिनजाइनको लागिलियो । उसले पुलिस मानिसको मुख देखो तो वहाँ उसको गामको बिल्टु महतोको पुतर सल्टु महतो खडा भएको थियो । दैयारी मानिसको अगि देखेपछि बौवको आँखाबाट तनिक सा आँसु धरती पे खसिलियो । पिछाडि फर्केर बौवाले सो आँसु पुछिलियो र सानो आवाजमे भनो, ‘हम विहारी न छि, मधेशी छि, तराईवासी छि और धरतीपुत्र छि ।’ बौवाको यो अवाज बिस्तारीबिस्तारी आमको गाछीतक पुगेर उसमे समाइलियो । कसैको पनि परभाव परेन । शुनशान गाममे जब बौवाको प्रवेश भयो तब गाममे रहल सब लोगहरूले उसलाई पनि कोरोनाको रोगीका रूपमा हेरिलियो ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App