२० जेष्ठ २०७७ मंगलबार
कला

नेपाली शिल्पकलाको विकास

व्यक्तिले आफ्नो हातको कलाको रूपमा सिर्जना गर्ने कार्य नै शिल्पकला हो। यसमा व्यक्तिको भावनात्मक अभिव्यक्ति कलाको रूपमा प्रस्फुटन हुन्छ। शिल्पकलाको प्रारम्भ पौराणिक कालदेखि भएको विभिन्न धार्मिक ग्रन्थमा समेत उल्लेख गरेको भेटिन्छ।

नेपाली शिल्पकलाको सम्बन्ध पनि धार्मिक आस्थासँग जोडिन्छ। जस्तैः नेवार जातिमा स–साना पीत्तल वा तामाको धातुबाट  मूर्तिहरू बनाउने र कास्ट गर्ने प्रचलन छ। जसमा धेरैजसो धार्मिक र विशेष गरी बौद्ध धर्म मान्ने नेवार समुदाय रहेको पाइन्छ। जसमध्ये धेरै शिल्प मुर्तिहरु शताब्दीयौंसम्म भारत र तिब्बतमा निर्यात गरिन्थो। आज पनि विश्वका विभिन्न मुलुकमा गरिन्छ।

भारतको तमिलनाडु र सुदूर दक्षिणको अन्य भागहरूमा सबैभन्दा साना आकृतिका मुर्तिहरु देखिन्छन्। तर त्यहाँँ धातुको मूर्तिकलाको मात्र महत्त्व छ। मन्दिरको विस्तृत झ्यालसहित अधिक  काठमा कुदिएको चित्रणहरु परम्परागत नेवारी बस्तुकालामा आधरित रहेको छ। धेरै मूर्तिहरूले हिन्दू र बौद्ध दुबैबाट लिइएको धार्मिक व्यक्तित्व र विषयवस्तुलाई चित्रण गर्दछ।

मध्ययुगीन भारतीय काल खण्डमा जस्तै, नेपाली परम्परागत कलाकारहरू ऐतिहासिक रूपमा प्रायः नेवार र बौद्ध धर्मको छुट्टै गैर मठमा परेका थिए। तिनीहरूको आफ्नै जातजाती र समाजिक प्रणाली थियाे। यद्यपि कलाकारहरूले धेरै हदसम्म समान शैलीमा दुबै हिन्दू र बौद्ध मूर्तिकलाहरूमा काम गरे। उनीहरूको प्रायः काठमाडौं उपत्यकामा बसोबास थियो।  

हाल नेपाली इतिहासमा अरनिकोलाई एक मुख्य वास्तुकार र चित्रकारको रूपमा लिइन्छ। उनी नेपालका एक प्रसिद् धातु मूर्तिकार थिए। तर सन् १२७८ मा अरनिको नेतृत्वमा शिल्पकारहरूको एउटा समूहको गठन भयो र उक्त समूहलाई तिब्बत पठाइयो। उनीहरु  त्यहि चीनको कुबिलाई खानको दरबारमा कालाकारको रुपमा बसोबास गरे।

सत्तारूढ लिच्छवी परिवारको नाममा लिच्छवी अवधि सन् ४०० देखि ७५० सम्म रहेको थियो। लिच्छवी राजा मान देवले खडा गरेको बामन ट्राइबिक्रमको मूर्तिलाई नेपालको सबैभन्दा पुरानो शिल्पकारकला मानिन्छ। लिच्छवी मूर्तिकलाहरु प्रायः भगवान विष्णु, उसका विविध शत्रुहरु र विष्णु अवतारहरुलाई  बिभिन्न पत्थर मुर्तिद्वारा प्रतिनिधित्व गर्दछन्। प्रारम्भिक कलामा स्थानीय विद्यालयबाट धातुकलाको शिक्षण/प्रशिक्षण भएको देखिँदैन। तर इक्ष्वाकु गुप्त स्कूल र पाला स्कूलको अवधि अन्तर्गत भिन्न मुर्तिहरु निर्माण गरिएको थियो।  

लिच्छवी अवधिमा बनाइएको मूर्तिकारमा पालान्चौक भगवती, बुढानिलकंठ आदिका मूर्तिहरू हुन्। चागु नारायण मन्दिर भित्र र यसको वरपर साथै  पालान्चोक भगवतीको मूर्ति, बुढानीलकण्ठको मूर्ति लिच्छवी अवधिमा बनेका मूर्तिहरूको केहि गतिलो प्रमाणको रुपमा लिन सकिन्छ। लिच्छवी कलाको मूर्तिकलाहरु  भारत कालका मुर्तिकला र बिभिन्न मुर्तिहरुसंग तुलना गर्न सकिन्छ र उक्त अबधिलाई नेपालको धातु मुर्तिकलाको सुनौलो सुरुवात समय रहेको थियो भन्न सकिन्छ।  

मल्लकाल अवधिमा काठमाडौं उपत्यकामा ५ सय वर्ष सम्मभन्दा बढी अवधि व्यापार, कृषि, धर्म र संस्कृति फस्टायो र यसले पवित्र कलाको उत्पादन तथा विकाशमा उल्लेखनीय भुमिका खेलेको थियो। मल्लकालका शासकहरूले बौद्ध र हिन्दू मान्यता र परम्परा दुवैको संरक्षण र सम्वर्दन् गरे। जसको कारण कला र मूर्तिकलामा दुबै प्रकारको धार्मिक प्रतिमाको विकास भयो।

काठमाण्डौं उपत्यकामा बसोबास गर्ने नेवार समुदाय र यस क्षेत्रको माध्यमबाट बृहत्तयात्रा गरे र सम्पूर्ण क्षेत्रका कलात्मक शैलीको विकास र विस्तार र प्रभावशाली उपस्थिति जमाए। आफ्नो प्रभाव बनाए।  

यस अवधिमा गणेश, शिव, विष्णु, सूर्य, लक्ष्मी, सरस्वती, गौतम बुद्ध  आदिलगायत देवताहरूको प्रतिमा निर्माण गरियो। त्यस समयमा राजा र देवताहरूको अरू चित्रहरू पनि साधारण अवस्थामा थियो। तर प्राविधिक क्षेत्रमा भएका प्रगतिहरूले कलाको संरचना तथा विकास, कपडा र गहनाको मूर्तिकला, र तांत्रिक सोच र अभ्यासमा आधारित कलालाई नियममा समावेश गरिए। मूर्तिहरूको विकास मल्लकालमा चरमोत्कर्षमा पुगेको पाइन्छ। किनभने मल्ल अवधिमा धेरै जसो प्रख्यात शिल्पकला परिचित भइसकेका थिए। र नेपालको इतिहसमा मल्ल अवधिलाई मूर्तिकलाको लागी सुनौलो अवधिको रूपमा पनि लिइन्छ।

प्रकाशित: ९ जेष्ठ २०७७ १७:४० शुक्रबार

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App