२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘हे मन’ लिएर आइन् गीतकार गौचन

काठमाडौं– गीतकार राखी गौचनको नयाँ गीत ‘हे मन’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । शंकर थापा ‘स्माइल’को स्वरमा सजिएको गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।  

जीवनमा भोग्नु परेका घातप्रतिघातलाई गीतमा कलात्मक ढंगले पस्केकी छिन् गौचनले । ‘यो कोमल हृदय भएकाहरूलाई उपहार हो’, अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी गीतकार गौचन भन्छिन्, ‘आगामी दिनमा पनि नयाँनयाँ सृजना लिएर आइरहनेछु ।’ 

डस म्युजिक नामक युट्युब च्यानलबाट भिडियो रिलिज गरिएको हो । लिरिकल भिडियोको सम्पादन देवजंग थापाले गरेका हुन् । गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा सन्तोषभक्तले ईसराज, वीपी सिंहले तबला, विश्व अधिकारीले गीतार र नगेन्द्र राईले बाँसुरी बजाएका छन् । 

गीत, कविता, मुक्तक मार्फत जिन्दगीका अनुभूतिहरू पस्कँदै आएकी गीतकार गौचनका केही गीत चर्चित छन् । उनले केही समय अघि गायक सुरजकुमार थापा  र बानिका प्रधानको स्वरमा रेकर्ड गरिएका गीत पनि युट्युवबाट सार्बजनिक गरेकी थिइन् । उनको ‘नाम बिना कति नाता सागर भन्दा गहिरो हुन्छ’ बोलको गीत लोकप्रिय छ ।  

अहिलेसम्म ५ दर्जन भन्दा बढी गीत लेखिसकेकी गौचनका डेढ दर्जन गीत रर्कड भैसकेका छन् । सन् २०१६ मा सपनाश्रीले गाएको ‘म मातिएको बेला’ उनको पहिलो रेर्कडेड गीत हो जसमा यम बरालको संगीत छ । 

 

प्रकाशित: १९ वैशाख २०७७ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App