२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

रोकियो ‘म यस्तो गीत गाउँछु २’ को रिलिज

काठमाडौं – निर्देशक सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ फिल्म तोकिएको मितिमा रिलिज नहुने भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म युनिटले ‘म यस्तो गीत गाउँछु २’ रिलज रोकेको थियो।

आगाुन ३० देखि रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’ फिल्म तोकिएको मितिमा प्रदर्शन नहुने जानकारी फिल्म युनिटले प्रेस विज्ञप्तिमार्फत गराएको थियो। ‘आम जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस भनेर नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका छौं’, फिल्म युनिटले विज्ञप्तिमा उल्लेख गरेको थियो, ‘चलचित्र निर्माता संघले फिल्म छायांकन रोक्न आग्रह गरिसकेको अवस्थामा हामीले आम मानिसको स्वास्थ्यलाई ध्यानमा राखेर फिल्मलाई पछाडि सार्ने निधो गरेका छौं।’

आगामी चैत ७ मा रिलिज हुने तय भएको ‘नीरफूल’ फिल्म तोकिएको मितिमा प्रदर्शन नहुने जानकारी निर्देशक फूलमान वलले दिए। ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि तोकिएको मितिमा नीरफूल रिलिज नगर्ने भएका हौं। अर्को रिलिज मिति केही समयपछि सार्वजिक गर्नेछौं,’ उनले भने।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App