२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

साकिरा र जेनिफरको ‘सुपर बाउल’ विरुद्ध उजुरी

न्युयोर्क – गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुतिविरुद्ध १३ सय उजुरीहरू परेका छन्। केही साताअघि फ्लोरिडामा आयोजित सुपर बाउल हाफटाइम सोमा गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुति दिएका थिए। संघीय सञ्चार आयोगका अनुसार गायिका साकिरा र जेनिफर लोपेजको दमदार सोविरुद्ध १३ सय उजुरीहरू परेका छन्।

‘मैले प्लेब्वाई च्यानलको सदस्यता लिएको छैन। हामीले २० डलर फ्लिकमा अश्लीलता किन्न सक्दैनौं। हामी केवल परिवारसँग बसेर सुपर बाउल हेर्न चाहन्छौं,’आयोगले प्रकाशित गरेको उजुरीमा एक फुटबल फ्यानले लेखेका छन्, ‘फुटबल र कन्सर्ट एकसाथ हेर्न चाहेका हाम्रो आँखाले अश्लीलता हेर्न बाध्य भए।’

ओहायोका एक मन्त्रीले सुपर बाउलले अश्लीलतालाई प्राथमिकता दिएकोमा आयोजक संस्थाविरुद्ध मुद्दा हाल्ने बताएका थिए। यसवर्ष सन् २०१७ को सुपर बाउलमा गायिका गागाको भन्दा विशेष प्रस्तुति दिएको दाबी अमेरिकी सञ्चारमाध्यमले गरेका थिए।

दुई ल्याटिन कलाकारहरूले सुपर बाउलमा इतिहास रच्दै एक साथ स्टेजमा देखिएका थिए। उनीहरूलाई महिला उर्जाको प्रतीक मानिएको थियो। गायिका लोपेजले आफ्नी ११ वर्षीया छोरी एम्मेसहित अन्य बालिकाहरूसँग सांगीतिक प्रस्तुति दिएकी थिइन्। यसअघि दुवै गायिकाले एकसाथ सांगीतिक प्रस्तुति दिने जानकारी आ–आफ्नो सामाजिक सञ्जालमार्फत गराएका थिए। सोको एनएफएल, पेप्सी र रक नेसन्सले संयुक्त रुपमा आयोजना गरेका थिए। दुवै गायिकाहरूले सन् १९९० को दशकदेखि स्पेनिस र अंग्रेजी भाषामा गीत गाउँदै आएका छन्। दुवैका गीतहरू ल्याटिनको सांगीतिक चार्टमा हिट भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App