३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

‘ट्रयाप’ र ‘बुलबुल’ उत्कृष्ट

काठमाडौं – फिल्म संस्कृतिको विकासको निम्ति आयोजनामा भइरहेको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) तेस्रो संस्करणमा टर्कीको ‘ट्रयाप’ फिल्म उत्कृष्ट घोषित भएको थियो। सोमबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना भएको समारोहमा सिविद कोलेकको ‘ट्रयाप’ महोत्सवमा उत्कृष्ट हुँदै १५ सय अमेरिकी डलर जितेको थियो। यो फिल्म टर्कीको एक टापुमा माछा मारेर जीवनयापन गरिरहेका पाँच माझीमध्ये एक्कासी एक जना हराउँदा उत्पन्न भएको तनावग्रस्त घटनामा आधारित छ।

समारोहमा बहुपति प्रथाको कथामा आधारित गणेश पाण्डेको ‘को–हस्बेन्ड’ ले डकुमेन्ट्री विधातर्फ उत्कृष्ट हुँदै एक हजार अमेरिकी डलर प्राप्त गरेको थियो। एनिमेटेड विधातर्फ चीनको ‘स्प्रिट अफ द ड्रइङ गर्ल’ उत्कृष्ट हुँदै सात सय अमेरिकी डलर जित्न सफल भयो। भारत र पाकिस्तानको सिमा एक युवतीले भोगेको पीडामा आधारित ‘नुरी’ अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधामा उत्कृष्ट हुँदै पाँच सय अमेरिकी डलर जित्यो। बोर्डरमा चेपिएकी एक युवतीको कथापेश गरिएको थियो।

नेपाली फिल्म ‘बुलबुल’ ले नेपाल पनोरमाको उत्कृष्ट फिचर फिल्म, निर्देशक, पटकथा, अभिनेत्री र जुरी अवार्ड (महिला र पुरुष) सहित ६ वटा विधामा अवार्ड जितेको थियो। सो फिल्मबाट विनोद पौडलले पटकथा र निर्देशक, स्वस्तिमा खड्काले अभिनेत्री र जुरी अवार्ड लक्ष्मी बर्देवा र मुकुन भुषालले जितेका थिए। त्यस्तै निर्देशक दीपेन्द्र लामाको ‘गोपी’ फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी, अभिनेता विपिन कार्की र सिनेमेट्रोग्राफर शैलेन्द्र डि कार्कीले अवार्ड जितेको थियो।

नेपाली फिल्म ‘बुलबुल’ ले नेपाल पनोरमाको उत्कृष्ट फिचर फिल्म, निर्देशक, पटकथा, अभिनेत्री र जुरी अवार्ड (महिला र पुरुष) सहित ६ वटा विधामा अवार्ड जितेको थियो। सो फिल्मबाट विनोद पौडलले पटकथा र निर्देशक, स्वस्तिमा खड्काले अभिनेत्री र जुरी अवार्ड लक्ष्मी बर्देवा र मुकुन भुषालले जितेका थिए।

निर्देशक केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ ले नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड जितेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय सर्ट फिल्मको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ ले जितेको थियो। नेपाली सर्ट फिल्मको अवार्ड प्रविनकुमार राउतको ‘कलम’ ले प्राप्त गरेको थियो। सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘द अदर हाफ’ ले पाएको थियो। महोत्सवअन्तर्गत वल्र्ड पनोरोमामा उत्कृष्ट हुने फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गर्नेछ। महोत्सवमा नेपाली फिल्मले एक लाख रुपैयाँ र नेपाली सर्ट फिल्मले ४० हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्।

बलिउड फिल्मका निर्देशक प्रकाश झासहित गौरी मल्ल, जोआओ पाओलो मसेडो, युनी हाडी र मञ्जुकुमार श्रेष्ठको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरू छनोट गरेका थिए। श्रीलंकाकी डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणासहित थाइबुट ब्रैक र करूण थापाको निर्णायक टोलीले उत्कृष्ट सर्ट फिल्म र डकुमेन्ट्री छनोट गरेका थिए।

समारोहमा बोल्दै बलिउड फिल्मका निर्देशक प्रकाश झाले नेपालका फिल्मसँगको ेपहिलो साक्षात्कार यादगार रहेको प्रतिक्रिया दिएका थिए। ‘नेपालमा बन्ने फिल्महरूको प्रस्तुति राम्रो लाग्यो। आगामी दिनमा नेपाल सँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तत्पर छु,’ उनले भने।

गत बिहीबारदेखि राजधानीमा सुरु भएको निफको यो तेस्रो संस्करण हो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको निफमा फिल्म, डकुमेन्ट्री, सर्ट फिल्म तथा एनिमेटेड विधाका ८० वटा फिल्महरू प्रदर्शन भएका थिए। महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय फिल्म (१०), नेपाली फिल्म (५), सर्ट फिल्म (३५), नेपाली सर्ट फिल्म (१५), डकुमेन्ट्री (८) र ऐनिमेटेड फिल्म (६) प्रदर्शन गरिएका थिए। महोत्सवको वल्र्ड पनोरमाअन्तर्गत ‘ट्याप’, ‘ह्याप्पी किनेर्स’, ‘बिर्यानी’, ‘द अदर हाफ’, ‘वाक अन द वेभ्स्’ लगायत फिल्म प्रदर्शन भएका थिए। नेपाली फिल्म विधामा ‘गोपी’, ‘मिस बर्दिया’, ‘कोपिला’, ‘बुलबुल’ र ‘प्रसाद’ प्रदर्शन गरिएका थिए।

महोत्सवमा बलिउड फिल्मका निर्देशक प्रकाश झा, श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणा, जोआओ पाउलो मसेडा, नीर शाह र राजेश हमालले मास्टरक्लास र अनुभव सुनाएका थिए। ‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित आयोजित महोत्सव भारत, चीन, अमेरिका, स्पेन, बेलायत, क्यानडा, इरान, इटाली, जापान र मलेसियालगायत ४० वटा देशका फिल्महरू प्रदर्शन भएका थिए।

प्रकाशित: ६ फाल्गुन २०७६ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App