१० आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

डम्बरकृष्णको ‘नेपाल प्रवासन’ सार्वजनिक

ललितपुर – वैदेशिक रोजगार र प्रवासमा रहेका नेपालीहरूको अवस्थालाई बयान गर्दै पत्रकार डम्बरकृष्ण श्रेष्ठद्वारा लिखित ‘नेपाली प्रवासन’ नामक पुस्तक सार्वजनिक गरिएको छ। शुक्रबार यलमाया केन्द्रमा आयोजित कार्यक्रममा प्रवासन विज्ञ सरु जोशी श्रेष्ठ, गणेश गुरुङ, राजेन्द्र दाहाल र किरण नेपालले संयुक्त रूपमा ‘नेपाली प्रवासन’ पुस्तक विमोचन गरेका थिए।

हिमाल खबरपत्रिकामा रहेर पत्रकार श्रेष्ठले वैदेशिक रोजगार र प्रवासमा रहेका नेपालीहरूमाथि गरेको रिपोर्टिङलाई संग्रहित गरेर पुस्तक बजारमा आएको हो। पुस्तकलाई सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी, सोसल साइन्स बहाको लागि हिमाल किताबले प्रकाशन गरेको थियो।

कार्यक्रममा बोल्दै पोलिसी रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष गणेश गुरुङका अनुसार पुस्तकले रोजगारको निम्ति विदेशिन बाध्य नेपालीहरूको अवस्था बुझ्न सहयोग गर्छ। ‘सामान्य पाठकदेखि नीति निर्माण तहमा रहेका र अनुसन्धाताका लागि समेत पुस्तक पठनीय सामग्रीका रुपमा रहेको छ,’ उनले भनउश्र

पत्रकार राजेन्द्र दाहालले पुस्तकमा नेपालीको सपना र बाध्यता, तिनका कष्ट, उपलब्धि, आँट तथा औकात दर्साउने सूचना र विवरण पाउन सकिने बताए। प्रवासन विज्ञ सरु जोशी श्रेष्ठले वैदेशिक रोजगारमा जाने महिलाहरूलाई गलत नजरले हेर्ने गरिएकोमा पुस्तकले उनीहरुले गरेका संघर्ष र सफलताका कुरा पनि समेटेको बताईन्।

‘वैदेशिक रोजगारमा जानेबित्तिकै महिलाहरूलाई आम रूपमा लाञ्छित गर्ने प्रवृत्ति भइरहेका बेला उनीहरूले गरेका सम्मानजनक कार्यको विवरण र अझ कतिपयले त नेपालमा फर्केर सफल व्यावसायसमेत अघि बढाएको समाचारले परिस्थिति फेर्न मद्दत गरेको छ,’ उनले भनिन्। त्यस्तै पत्रकार किरण नेपालले यो पुस्तकले वैदेशिक रोजगारप्रतिको नकारात्मक धारणा बदल्न मद्दत गर्ने बताए।

‘बजारमा वैदेशिक रोजगारबारे बुझ्नका लागि पुस्तकहरुको कमी देखेपछि आफैंले पहिला लेखेका विषयलाई समेटेर पुस्तकको रुप दिएको हुँ,’ लेखक श्रेष्ठले भने।

प्रकाशित: १२ माघ २०७६ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App