न्युयोर्क – सन् २०११ को ‘क्याप्टेन अमेरिकाः द फस्ट एभेन्जर’ फिल्मकी अभिनेत्री मोली फिट्जगराल्डलाई आमाको हत्याको आरोप लागेको छ। दुई हप्ताअघि आफ्नी आमालाई छुरा प्रहार गरेको अभियोगमा पक्राउ परेकी उनले अदालतमा आत्मरक्षाको गर्दा सो घटना भएको उल्लेख गरेकी छन्। चिकित्सकको रिपोर्टअनुसार उनको आमाको नियन्त्रणमा कुनै किसिमको हतियार फेला परेको छैन्।
उनको घरमा पल्टिएको कुर्सी, भाँचिएको ल्याम्प र क्षतिग्रस्त अवस्थामा रहेको कोठाको विवरण प्रहरीले संकलन गरेको थियो। अभिनेत्री फिट्जगराल्ड सन् २०१११ को ‘क्याप्टेन अमेरिकाः द फस्ट एभेन्जर’ फिल्ममा सानो भूमिकामा देखिएकी थिइन्। उनलाई अब आफ्नी आमा पेट्रसिया फिट्जगराल्डलाई कान्सासस्थित घरमा हत्या गरेको आरोप लागेको छ।
अभिनेत्री फिट्जगराल्डका पिताले उनको आक्रामक व्यवहार बढेको बताएका छन्। अभिनेत्री फिट्जगराल्डले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै आत्मरक्षाको क्रममा आफ्नी आमाको मृत्यु भएको उल्लेख गरेकी थिइन्। सो घटनामा अभिनेत्री फिट्जगराल्ड समेत घाइते भएकी थिइन्।
प्रहरीले नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोगमा उनलाई कान्सासबाट पक्राउ गरिएको थियो। उनी सन् २०१८ को ‘ट्रबल इज माइ बिज्नेस’ फिल्ममा देखिएकी थिइन्।
प्रकाशित: २ माघ २०७६ ०४:१५ बिहीबार