१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

टुँडिखेलमा नेफ्टा अवार्ड हुने

काठमाडौं – चलचित्र प्राविधिक संघले आयोजनामा दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड आगामी चैत १५ मा हुने भएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक चलचित्र प्राविधिक संघले टुँडिखेलमा अवार्ड आयोजना गर्न लागेको जानकारी दिएको थियो।

नेपाल भ्रमण वर्ष– २०२० को अवसरमा अवार्डको आयोजना हुँदैछ। विभिन्न ३२ विधामा अवार्ड वितरण गरिने जानकारी चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले दिए। ‘नेपाल भ्रमण वर्ष २०२० को अवसरमा दसौं संस्करणको नेफ्टा अवार्ड आगामी चैत १५ मा राजधानीको टुँडिखेलमा आयोजना हुँदैछ,’ उनले भने, ‘विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ। जसमा पपुलर विधाका फिल्म, अभिनेता र अभिनेत्री आयोजकले छनोट गर्नेछ भने उत्कृष्ट जनजाति फिल्म र जुरी अवार्ड निर्णायकले छनोट गर्नेछन्।’

कार्यक्रममा प्रहरी प्रमुख सर्वेन्द्र खनालले समाजमा सकारात्मक सन्देश दिन कलाकार र फिल्मको भूमिका महत्वपूर्ण हुने बताए। कलाकार बसुन्धरा भुसालले प्राविधिक पक्ष फिल्मको अभिन्न अंग भएको हुँदा यसलाई ध्यान दिन आग्रह गरिन्। कलाकार अभिनेता राजेश हमाल, भुवन केसी र तुलसी घिमिरेले आ–आफ्नो धारण राखेका थिए।

प्रकाशित: २२ पुस २०७६ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App