१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘पर्यटनमैत्री संस्कृतिको विकास गरौं’

रुपन्देही – नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा प्रदेश नम्बर ५ सरकारले सडक महोत्सवको आयोजना गरेको छ। महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पर्यटनमैत्री संस्कृतिको विकास गर्न आग्रह गरेका छन्।

‘प्रदेशको समृद्धिको आधार भनेको पर्यटन भएकाले संस्कृतिको विकार गर्दै जीवनस्तर परिवर्तन गर्ने सम्भावनाहरूको खोजी गरिनुपर्छ,’ उनले भने। उनले बुटवललाई संस्कृतिको हबको रूपमा विकास गर्न परम्परागत शैलीमा परिवर्तन गरेर पर्यटकमैत्रीतर्फ ध्यान दिन आग्रह गरेका थिए। कार्यक्रमको आयोजना होटल व्यवसायी महासंघले गरेको थियो। यसअघि कार्यक्रमस्थलबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको -यालीले बजार परिक्रमा गरेको थियो। तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा एक २५ स्टल राखिएको जानकारी संघले दिएको छ।

प्रकाशित: १६ पुस २०७६ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App