२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

स्वयम्भुमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं – काठमाडौं महानगरपालिका–१५ ले नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी बुधबारदेखि पुस २२ सम्म विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ।

सो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न विभिन्न समुदायका नृत्य, संस्कृति, भेषभूषाको प्रतिनिधित्व हुने गरी गरेर सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो। नेपाली सेना, सशस्त्र, प्रहरी र कलाकारको सहभागितामा प्रत्येक दिन गरिने कार्यक्रममा लोकदोहोरी, खाना महोत्सव, स्थानीय सम्पदाका फोटो तथा हस्तकला प्रदर्शनी र झाँकी प्रदर्शनी गरिने जानकारी वडाध्यक्ष ईश्वरमान डंगोलले दिए।

‘नेपाल भ्रमण वर्ष –२०२० को अवसरमा स्वयम्भु आसपासका क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न विभिन्न समुदायका नृत्य, संस्कृति, भेषभूषाको प्रतिनिधित्व हुने गरी गरेर सांस्कृतिक कार्यक्रम गर्न लागि परेका छौं। सो अवसरमा नेपाली सेना, प्रहरीका कलाकारको सहभागितामा प्रत्येक दिन गरिने लोकदोहोरी, खाना महोत्सव, स्थानीय सम्पदाका फोटो तथा हस्तकला प्रदर्शनी र झाँकी प्रदर्शनी लगायतको आयोजना गर्दैछौं,’ उनले भने, ‘भ्रमण वर्षको प्रचारका लागि सरसफाइ, स्थानीय विकास, पूर्वाधार निर्माणलगायत कार्यलाई प्राथमिकतामा राखेको वडाले विदेशी पाहुनालाई राम्रो आतिथ्य तथा सत्कार गर्नका लागि स्थानीयवासीलाई आग्रह गरेको छौं।’

स्थानीय होटल तथा पसलमा सेवा लिन वा सामग्री किन्नका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र सामग्रीको मूल्यमा एकरुपता कायम राख्न वडाले सरोकार पक्षसँग छलफल गरेको छ। सप्ताहव्यापी रूपमा गर्न लागिएको सो कार्यक्रम सम्पन्न गर्नका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि पर्यटकीयस्थलको प्रचारका साथै थप पर्यटकीय गन्तव्यको खोजी गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित: १५ पुस २०७६ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App