७ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

क्यानभासमा चित्र कोर्दै उपराष्ट्रपति पुन

काठमाडौं – प्राय राजनीतिक तथा कुटनीतिक भेटघाटमा व्यस्त रहने उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार फरक शैलीमा देखिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका बीचमा उपराष्ट्रपति पुनले आफूलाई अब्बल कलाकारका रुपमा पुष्टि गरेका छन। कलाकार धर्मराज शाक्य र चिनियाँ कलाकार झेन झोन्गीले सिर्जना गरेका कलाकृतिको बबहरमहलस्थित आर्ट काउन्सिलमा उद्घाटन गर्ने क्रममा उनले क्यानाभासमा विभिन्न ब्रस प्रयोग गरी नेपालको चित्रमाथि चन्द्र भएको आकृति निर्माण गरे।

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघले आयोजना गरेको सो प्रदर्शनी आगामी पुस १४ सम्म चल्नेछ। नेपाल र चीनको मैत्री सम्बन्धलाई प्रगाढ गर्न आयोजित कला प्रदर्शनीमा दुई देशको जनजीवन, संस्कृति र परम्परागत सभ्यतालाई कलाकृतिमार्फत प्रस्तुत गरिएको थियो। प्रदर्शनीमा कलाकार शाक्यका २४ वटा चित्र र १० वटा मूर्तिकला प्रदर्शनी भइरहेका छन्। ‘दुवै देशको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्न प्रदर्शनीको आयोजना गरिएको हो,’ उनले भने।

चिनियाँ कलाकार झेनले चिनियाँ जीवनशैली, प्राचीन सभ्यता र संस्कृतिमा आधारित कला तयार गरेका छन्। ‘सन् २०१६ मा पहिलो पटक नेपाल आउँदा यहाँको विविधताका साथै रमणीयस्थलबाट आनन्द लिएको थिएँ। त्यसले मलाई कला सिर्जना गर्न प्रेरित गरेको थियो,’ उनले भने।

प्रकाशित: ११ पुस २०७६ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App