१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

युट्युब ट्रेन्डिङमा ‘गोपी’

काठमाडौं – निर्देशक दीपेन्द्र लामाको फिल्म ‘गोपी’ सामाजिक सञ्जाल युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा परेको छ।
युट्युबमा राखिएको तीन दिनमा ‘गोपी’ नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ।

ओएसआर मुभिज्सको औपचारिक युट्युब च्यानलबाट बिहीबारसम्म १२ लाखभन्दा बढीले सो फिल्म हेरेका छन्। फिल्ममा अभिनेता विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटा र अंकित खड्का लगायतका कलाकारले अभिनय गरेका छन्। यस फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका थिए।

प्रकाशित: ११ पुस २०७६ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App