कपिलवस्तु– नवौं कपिलवस्तु डान्स आईडलको उपाधी बाणगंगा नगरपालिका कोपवा की १९ वर्षीया निशा खनालले हात पारेकी छिन।
डेढ सय प्रतिस्पर्धीलाई पछि खनाल विजयी बनेकी हुन्। उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र चाँदीको सुपर क्याप समेत हाँसिल गरेकी छिन्।
यस्तै अमिशा विक द्वितीय र कुसुम दर्लामी तृतीय भए। दर्शकको भोट र निर्णयको प्रतिक्रियाका आधारमा आईडिएल छनौट गरिएको हो।
द्वितीय हुने विकले ६६ हजार ६ सय ६६ तृतीयले दर्लामीले ४४ हजार ४ सय ४४ हात पारे। वाणगगां बेयलफेयर सोसाईटिको आयोजनामा मंसिर १९ गतेबाट प्रतियोगिता सुरु भएको हो।
प्रकाशित: २ पुस २०७६ १३:०० बुधबार