१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दर्शकलाई रुवाएर नचाए सपूतले (फोटो फिचरसहित)

गीतबाट दर्शकलाई नचाउदै गायक प्रकाश सपुत। तस्बिर/नागरिक

भैरहवा - गल्बन्दी च्यातियो तिम्ले तानेर गीतपछि चर्चामा आएका प्रकाश सपुतले भैरहवालाई नचाएका छन्। गायक, सर्जक तथा मोडल सपुतले भैरहवामा जारी महोत्सवमा आफ्ना गीतबाट दर्शकहरुलाई नचाएका हुन्। मर्मिक गीत लाहुरेको कर्मदेखि छाती चर्कियो चरर, बोल माया, बढेछ रेलिमै कुरकुरे बैश, आफुत त गाउँघरको ठिटो जस्ता गीत गाएपछि दर्शकल सपुतलाई स्टेज छोड्नै दिएनन्।

पहिलो पटक भैरहवा महोत्सवमा आएका सपुतले  महोत्सवका दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन्। सुरुको प्रस्तुतीबाट दर्शकहरुलाई रुवाउन र भावुक समेत बनाएका उनले विस्तारै उपस्थित दर्शकलाई नचाए। स्टेजबाट उत्रेर दर्शक दिर्घामै गएर  ‘गलबन्दी च्यातियो’ गाउँदा दर्शकले हुटिङसहित साथ दिएका थिए।

महोत्सवमा सपूतसँगै लोक दोहरी गायक दिपु मगर, लोक दोहोरी गायिका शिलु भट्टराई, नृत्याङगना रुविना अधिकारी, ख्याती प्राप्त कलाकार, स्थानीय कलाकारले उपस्थित दर्शकलाई प्रस्तुती दिइएका थिए। 

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवामा मंसिर ३ गतेदेखि पाचौं लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ जारी छ।

तस्बिरः माेहम्मद हबिब/नागरिक

प्रकाशित: १२ मंसिर २०७६ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App