२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सापकोटाको समीकरण जिन्दगीको

काठमाडौं – कवि ध्रुवकुमार सापकोटाको ‘समीकरण जिन्दगीको’ नामक कविता संग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कवि तुलसी दिवस र रत्नशम्शेर थापालगायतका स्रष्टाले संयुक्त रूपमा सो पुस्तक विमोचन गरेका थिए।

कार्यक्रममा कवि प्रमोद प्रधान, मन्जु काँचुली र विवश पोखरेलले पुस्तकमाथि आ–आफ्नो धारणा राखेका थिए। ‘कवि सापकोटाका कविताहरु सरल हुने भएकाले उनका कवितामा जीवन, समय र प्रकृति प्रतिम्बिम्बित हुने गरेका छन्,’ कवि प्रमोद प्रधानले भने।

कवि गोकुल अधिकारीले संग्रहभित्रको एउटा कविता मजदुर तथा कवि सापकोटाले तिमी रोबोटसँग बिहा गर, अलास्का ! म सगरमाथाको सन्देश लिएर आएको छु। हामी त्यो देशका बासी हौं र रहरहरू शीर्षकका चारवटा कविता वाचन गरेका थिए। सो पुस्तकमा ४५ वटा कविता समावेश भएका छन्।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App