९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

सखिया नाचमा ‘दाङ्से बुर्हान’ मन

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ। थारू समुदाय थातथलो दाङबाट तराई बसाई सनुपर्दाको पीडा नाटकमा प्रस्तुत गरिएको थियो। तीन दिनसम्म मञ्चन भएको सो नाटकमा स्थानीय थारू कलाकारहरुले अभिनय गरेका छन्।

दाङमा जमिन्दारले जग्गा खोसेपछि कमाइखाने जग्गा र सुरक्षित बासस्थानका लागि तराई झर्नुपरेको र यस क्रममा पैदलयात्रा गरेर आउनु पर्दा धेरै समय लाग्दथ्यो। नाटका निर्देशक चन्द्रबहादुर चौधरीले भने, ‘चौपाया चराउँदै नदी खोलामा माछा मार्ने र जंगली जनावरको शिकार गर्दै तराई झरेको कुरालाई दर्शकमाझ नाटकमा देखाउन खोजेका छौं। तराईको पानी भएको खोला नदी किनारामा थारू समुदायले बसोबास गर्न थाले। खोलाबाट माछा मार्ने, जंगली जनावरको शिकारले छाक टार्ने गर्दै आएकामा पछि खेतीपाती गर्दै बसोबास गर्न थालिएको कुरा नाटकमा देखाइएको छ।’

यसैगरी दुई छाक टार्नकै लागि थारू समुदायका विपन्न परिवारले जमिन्दारको घरमा कमैया बस्नु पर्दाको दुःख र त्यसविरुद्ध गर्नुपरेको संघर्षसमेत देखाइएको छ। वन विनासले गर्दा निम्त्याएको विपत्तिबारे समेत नाटकमा वर्णन गरिएको छ। युवा क्लबमा आवद्ध युवाले समाजलाई प्रेरणा दिने र जनचेतना फैलाउने किसिमका नाटकहरु तिहारका अवसरमा प्रत्येक वर्ष प्रदर्शन गर्दै आएका र यसबाट समाजलाई सकारात्मक बाटोमा डो-याउन मद्दत पुग्दै आएको छ। ‘विगतमा तराईमा बसोवास गर्दा जंगली जनावरको आक्रमण झेल्न र बच्ने तरिका नजान्दा महामारीबाट थारू गाउँका गाउँ सखाप भएको कुरा पनि नाटकका माध्यमबाट समुदायलाई देखाउन थालेका छौं,’ क्लबका सल्लाहकार विश्राम चौधरीले भने।

प्रकाशित: १४ कार्तिक २०७६ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App