२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

पपेटमा ‘शिशिर बसन्तको कथा’

काठमाडौं – कीर्तिपुर राराहिलस्थित थिएटर मलमा लोककथा ‘शिशिर बसन्तको कथा’ मा पपेट नाटक मञ्चन भएको छ।

जापानको उटरभिजन थिएटर कम्पनीको सहकार्यमा थिएटर मलले आयोजना गरेको १० दिने कार्यशालामा सहभागीले शिशिर बसन्तको कथाका विभिन्न पात्रहरु पपेटमार्फत् डिजाइन गरेर नाटक मञ्चन गरेका थिए।

उटरभिजनकी कला निर्देशक इरिना सजीको संयोजकत्वमा सञ्चालित कार्यशालामा रंगकर्मी र स्कुले विद्यार्थीहरु सहभागी भएका थिए। कार्यशालाको समापनमा आयोजना गरिएको पपेट नाटक मञ्चनमा शिशिर बसन्तको कथासहित सेक्सपियरको ‘एज यु लाइक इट’ र नेपाली लोककथा ‘सेल रोटी’ पपेट नाटक मञ्चन गरिएको थियो।

कार्यशालासँगै थिएटर मलले पपेट थिएटरलाई अझै निपूर्ण र आफ्नो शैली बनाउन ‘नेपाल पपेट थिएटर’ सुरु गरेको कला निर्देशक केदार श्रेष्ठले बताए। थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको सहकार्यमा आयोजित कार्यशालामा इरिनाको साथमा एरी तोमोई, इजावा रेई र मियामोतोको जापानी कलाकारहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए।

प्रकाशित: १० कार्तिक २०७६ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App