coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बैरागी काइँलालाई साहित्य सम्मान

काठमाडौं – साहित्यकार तीलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ लाई यस वर्षको विपी–साहित्य सम्मान पुरस्कार प्रदान गरिएको छ। मंगलबार जननायक विपी कोइराला स्मृति ट्रष्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनलाई एक लाख रुपैयाँसहितको सो सम्मान प्रदान गरिएको थियो।

त्यस्तै ५१ हजार रुपैयाँको सेनानी सम्मान पुरस्कार सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरियो। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका उप–प्रमुख हरिप्रभा खड्कीले साहित्यकार विपी कोइरालाको लेखनको चर्चा गरेकी थिइन्। सम्मानित व्यक्तित्वद्वय साहित्यकार बैरागी काइँला र मधुकान्त सिंहको साहित्यिक लेखनका विषयमा अभि सुवेदी र रामचन्द्र पोखरेले बोलेका थिए।

ट्रष्टले हरेक वर्ष विपी जयन्तीको अवसरमा विपी–साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान प्रदान गर्दै आएको छ। ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा डा. ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनको टोलीको सिफारिस समितिले गत साउन १५ मा सो निर्णय गरेको थियोे। दुवै पुरस्काररू आज १०६ औँ विपी जयन्तीको अवसर पारेर प्रदान गरिएकोे हो।

यसअघि गीतकार रत्नशम्शेर थापा, नुतन थपलिया, गोपाल पराजुली, भुवन ढुंगाना, श्यामलाल श्रेष्ठ, अभि सुवेदी र तीर्थराज चैतुलगायत स्रष्टालाई यो पुरस्कार र सम्मान प्रदान गरिसकिएको छ।

प्रकाशित: २५ भाद्र २०७६ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App