१५ चैत्र २०८० बिहीबार
कला

योगेश राजको ‘रणहार’लाई मदन पुरस्कार, जगदम्बा-श्री बैरागी काइँलालाई

काठमाडौं– यस वर्षको मदन पुरस्कार पुस्तक ‘रणहार’लाई प्रदान गर्ने निर्णय भएको छ। 

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्। उनका अनुसार बैठकले यसवर्षको जगदम्बा श्री बैरागी काइँलालाई दिने निर्णय गरेको छ। 

यस वर्षदेखि मदन पुरस्कार तथा जगदम्बा–श्री पुरस्कारको राशी ४/४ लाख रुपैयाँ हुनेछ। पुरस्कार आगामी असोज १२ गते प्रदान गरिने अध्यक्ष दीक्षितले बताए।  

तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका कवि वैरागी काइँललाई ‘लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गयको समद्धिमा उल्लेखनीय’ योगदान गरेकाले २०७५ सालको जगदम्बा–श्री दिइएको हो। 

उनका अनुसार यसवर्ष गुठीमा प्राप्त भएका २७५ पुस्तकबाट ७ वटा पुस्तक एकादेशमा, ओकल दोकल पिपल पात, ज्ञ, फातसुङ, मरीचिका, रणहार तथा विचारको लाश मदन पुरस्कार २०७५ का लागि छनौटमा परेका थिए। 

यस वर्षदेखि मदन पुरस्कार तथा जगदम्बा–श्री पुरस्कारको राशी ४/४ लाख रुपैयाँ हुनेछ। पुरस्कार आगामी असोज १२ गते प्रदान गरिने अध्यक्ष दीक्षितले बताए।  

विस २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो। २०४६ सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झना स्वरुप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो। 

मदन पुरस्कार नेपाल तथा नेपाल बाहिर नेपाली भाषामा प्रकाशित र गुठीको विधान अनुसार गुठीमा प्राप्त पुस्तकमध्येबाट एक पुस्तकलाई तथा जगदम्बा–श्री विभिन्न माध्यमबाट नेपाली वाङ्गयको श्री–वृद्धिमा योगदान गर्ने व्यक्ति÷संस्थालाई अर्पण गरिन्छ।

प्रकाशित: १ भाद्र २०७६ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App