१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

फेरि दुब्लाउँदै आमिर

मुम्बई  – बलिउड अभिनेता आमिर खान २० केजी तौल घटाउँदैछन्।  नयाँ फिल्म ‘लालसिंह चड्डा’ को लागि उनले २० केजी तौल घटाउन लागि परेका हुन्।   सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फोरेस्ट गम्प’को रिमेक भनिएको ‘लालसिंह चड्डा’ का लागि तौल घटाउन लागि परेका अभिनेता खान यतिबेला प्रोटिनयुक्त खानामात्र खाइरहेका छन्।

  सो फिल्म सन् १९८६ मा विन्सटनको उपन्यासमाथि बनेको थियो।  फिल्म फरेस्ट गम्प नामका एक पात्रको जीवन वरिपरि घुमिरहन्छ।  आगामी अक्टोबरमा सुटिङ सुरु हुन लागेको ‘लालसिंह चड्डा’ को लागि तौल घटाउन अभिनेता खान नियमित रूपमा जिम जान थालेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

‘सिक्रेट सुपरस्टार’ निर्देशन गरिसकेका अद्वैत चन्दनले ‘लालसिंह चड्डा’ लाई निर्देशन गर्दैछन्।  यसअघि अभिनेता खानले ‘पिके’, ‘दंगल’, ‘गजनी’ र ‘थ्री इडियट्स’ फिल्मका लागि तौल घटाएका थिए।

प्रकाशित: २२ श्रावण २०७६ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App